वाई-फाई नेपालको सेन्चुरी प्याक: १०० एमबीपीएस इन्टरनेट साढे ८ हजारमै


लेखक : सुन्दराञ्चल      जेष्ठ २७, २०८२ मा प्रकाशित     
वाई-फाई नेपालको सेन्चुरी प्याक: १०० एमबीपीएस इन्टरनेट साढे ८ हजारमै

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले १०० एमबीपीएस गतिको इन्टरनेट सेवासहितको विशेष प्याकेज ल्याएको हो।

कम्पनीका अनुसार यो अफर अन्तर्गत १२ महिनाको इन्टरनेट सेवा जडान गर्दा एक महिना अतिरिक्त सेवा बोनसमा दिइनेछ। साथै, ५ गिगाहर्जको नोकिया राउटरसहितको यो प्याकेजको मूल्य साढे आठ हजार रुपैयाँ मात्र रहेको छ, जसमा कुनै अतिरिक्त शुल्क वा भ्याट लाग्ने छैन।

वाई-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारका अनुसार कम्पनीको लक्ष्य छिटो, भरपर्दो र किफायती इन्टरनेट सेवा देशभर उपलब्ध गराउनु हो। उनका अनुसार यो अफर १०० एमबीपीएस सेवा सञ्चालनको सफलताको आधारमा ग्राहकलाई लक्षित गर्दै ल्याइएको हो।

हाल वाई-फाई नेपालको सेवा देशभर ४८ शाखा र १०० भन्दा बढी सहरमा विस्तार भइसकेको छ भने सेवा सञ्चालनका लागि ४४३ जना प्राविधिक जनशक्ति परिचालित छन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap