वाईफाई नेपालले सुदूरपश्चिमका ३ जिल्लामा विस्तार गर्यो इन्टरनेट सेवा


लेखक : सुन्दराञ्चल      जेष्ठ २१, २०८१ मा प्रकाशित     
वाईफाई नेपालले सुदूरपश्चिमका ३ जिल्लामा विस्तार गर्यो इन्टरनेट सेवा

धनगढी    जेठ २२ । नेपालकै सबैभन्दा सस्तो र भरपर्दो फाइबर इन्टरनेट वाईफाई नेपालले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा सेवा विस्तार गरेको छ । विगत १ बर्षदेखि धनगढी बजार क्षेत्रबाट सेवा दिईरहेको वाईफाई नेपालले कंचनपुर र डडेल्धुरामा पनि सेवा विस्तार गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा सेवा विस्तार गर्ने क्रममा कैलालीको टिकापुर,लम्की,चौमाला,अत्तरिया,पहलमानपुर,सुखड,फूलवारी क्षेत्रमा सेवा विस्तार गरिएको वाईफाई नेपालका सुदूरपश्चिम प्रदेश संयोजक आसिस सोनीले बताए ।त्यसैगरि कंचनपुर को बेलौरी,महेन्द्रनगर,आईविआरडी,झलारी र डडेल्धुरा जिल्लामा सेवा विस्तार गरिएको बताइएको छ ।

वि.स २०७९ असार देखि नेपालमा इन्टरनेट सेवा सुरु गरेको वाईफाई नेपालले हाल सम्मकै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट उपलब्ध गराइरहेको जनाइएको छ । कम्पनीले ५० र ८० एमबिपिएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । ग्राहकहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरि कम्पनीले ३ महिने,६ महिने,१२ महिने र २४ महिने अफर ल्याएको छ ।

१२ महिने प्याकेज लिने ग्राहकले ६ हजार २१५ रुपैयाँमा ५० एमविपिएस र ८ हजार ४७५ रुपैयाँमा ८० एमविपिएस गतिको इन्टरनेट पाउने जनाइएको छ । त्यसैगरि २४ महिने प्याकेज लिने ग्राहकले ८ हजार ४७५ मा ५० एमविपिएस र ११ हजार ८६५ मा ८० एमविपिएस गतिको इन्टरनेट पाउनेछन् । २४ महिने प्याकेज जडान गर्दा मासिक २७० रुपियाँ पर्ने जनाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap