वर्षायाममा चट्याङ कहिले र कहाँ पर्छ टुंगो हुँदैन


लेखक : सुन्दराञ्चल      असार ८, २०७९ मा प्रकाशित     
वर्षायाममा चट्याङ कहिले र कहाँ पर्छ टुंगो हुँदैन

असार ८ ,काठमाण्डौ  वर्षायाममा चट्याङ कहिले र कहाँ पर्छ टुंगो हुँदैन । त्यसैले चट्याङबाट कसरी जोगिने भन्ने कुरामा खासै सतर्कता अपनाएको पाइँदैन ।

जबकि चट्याङले बर्सेनि मान्छेको ज्यान लिने गरेको छ । गृह मन्त्रालयको तथ्यांकमा २०७७ वैशाखदेखि २०७९ जेठ ३० गतेसम्म चट्याङका ५१५ घटना भएको अभिलेख छ । त्यसमा १५२ जनाले त ज्यान नै गुमाएका छन् । यस अवधिमा चट्याङबाट ८९२ घरपरिवार प्रभावित भएका छन् भने २४ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

चट्याङले मानिस मात्र होइन, चौपायाको पनि ज्यान लिने गरेको छ । यसपालि चट्याङबाट २५ वटा गोठमा क्षति पुगेको छ भने एक हजार ६९ चौपाया मरेका छन् । गृह मन्त्रालयका अनुसार चट्याङबाट यस अवधिमा करिब २ करोड ९९ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।चट्याङको याम

खासगरी वर्षायाममा चट्याङको जोखिम बढी हुन्छ । पानीझरी र हुरीबतासको समयमा चट्याङ पर्छ । विज्ञहरुका अनुसार प्रि–मनसुनमा बढी चट्याङ पर्छ । चैत, वैशाख र जेठ महिनामा चट्याङको भय बढी हुने बताइन्छ । मध्य वर्षायाममा भने चट्याङको भय अलि कम हुन्छ ।

मौसमविद् वरुण पौडेल । तस्वीर चन्द्रबहादुर आले
कसरी पर्छ चट्याङ

चट्याङ एक किसिमको विद्युतीय चार्ज हो । जब विपरीत दिशाबाट बहेको बादल आपसमा जुध्न पुग्छ, त्यहाँ विद्युतीय झट्का पैदा हुन्छ । त्यसबाट आगोको मुस्लो निस्किन्छ ।

चट्याङ परेको बखत देखिने बिजुली र ध्वनि त्यही हो । चट्याङ पर्दा विद्युतीय चार्ज ४० देखि ६० हजार माइलसम्म फैलिएको हुन्छ ।

वायुमण्डलमा एक किसिमको बादल हुन्छ, जसलाई मौसमी भाषामा ‘कुमोलो निम्बस’ भनिन्छ । कुमोलो निम्बस बादलबाट उत्पन्न हुने विद्युतीय डिस्चार्ज नै चट्याङ हो, जसको असर बेलाबखत धर्तीसम्म आइपुग्छ ।

नेपालको कुन भेगमा बढी चट्याङ पर्छ ।

नेपालको पूर्वी र मध्यपहाडी भूभागमा बढी चटयाङ पर्छ । अहिलेसम्मको अध्ययनले चट्याङको प्रभाव चुरे क्षेत्रमा बढी देखिएको छ । बंगालको खाडी नजिक रहेका नेपाली भूगागमा बढी चट्याङ परेको देखिन्छ । चुरेको पूर्वदेखि पश्चिमसम्म नै मानवीय क्षति पनि धेरै हुने गरेको छ । मकवानपुर जिल्लामा चट्याङको जोखिम उच्च देखिएको छ । यद्यपि बारम्बार चट्याङ पर्ने जिल्ला भने झापा र मोरङ हुन् ।

जोखिमबाट बच्ने उपाय

चट्याङ पर्नु भन्दा अघि कालो बादल मडारिने, हावाहुरी चल्ने, अघिपछिको मौसम भन्दा बेग्लै मौसम हुने गर्छ यस्तो बेलामा सकेसम्म घरभित्रै बस्नुपर्छ ।

खेतबारीमा काम गर्दै वा जंगलमा घाँस दाउरा गर्न जानुभएको छ भने रुखमुनि ओत लाग्नु हँुदैन । बिजुलीको पोल र टावरको मुनि पनि बस्नु हुँदैन । किनकि त्यसमा सजिलैसँग चट्याङ पर्ने सम्भावना हुन्छ ।

चट्याङमा हुने विद्युतीय ऊर्जा अग्लो ठाँउ तथा चिसोमा आकर्षित हुने भएकाले खुल्ला जमिनमा निहुरिएर बस्नुपर्छ । विद्युतीय उपकरण जस्तै टेलिभिजन, तार भएका फोन लगायतका उपकरणलाई चलाउनु हुँदैन । विद्युतीय उपकरणको मेन स्वीच बन्द गर्नुपर्छ ।

पानीबाट बच्नु एकदमै राम्रो हुन्छ । नुहाउने, पौडी खेल्ने गरिरहेको भए तुरुन्तै बाहिर आउनुपर्छ, किनकि पानीले विद्युतीय ऊर्जालाई आकर्षित गर्छ । घर निर्माण गर्ने बेलामा घरका छतमा लाइटिङ रड जडान गर्नुपर्छ । यसले चट्याङ रडमा परी विस्तारै जमिनमा बग्छ ।

सहरमा भन्दा गाँउमा किन चट्याङका घटना बढी रु

सहरमा घरको माथि दूरसञ्चार टावर तथा चट्याङ प्रतिरोधी लाइटिङ रडको व्यवस्था गरिएको हुन्छ । त्यसमा चट्याङ रोक्ने अर्थिङ सिस्टम जडान हुन्छ । चट्याङ अग्लो स्थानमा आकर्षित हुन्छ ।

सहरका घरमा तामाको तारको अर्थिङ सिस्टम जोडिएको हुन्छ । चट्याङ यसैमा ठोकिन्छ त्यसले आफ्नो ऊर्जा नष्ट गर्छ । तर गाँउघरमा यस्तो व्यवस्था हुँदैन, जसकारण गाउँ घरमा चट्याङ बढी पर्ने सम्भावना हुन्छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap