वर्षामा छाला समस्या


लेखक : सुन्दराञ्चल      साउन २१, २०७८ मा प्रकाशित     
वर्षामा छाला समस्या

घरबाट बाहिर निस्कदा पानीले निथ्रुक्क भिजेमा मेकअप सबै पखालिन्छ, लतपत हुन्छ । वर्षामा हल्का मेकअप गर्नुपर्छ । सम्भव भएसम्म वाटरप्रुफ मेकअप गर्नु उचित हुन्छ ।ब्युटिसियन सुनीता मैनालीका अनुसार वर्षामा अनुहारमा फाउन्डेसन र फेस पाउडर प्रयोग गर्नु हुँदैन । पानीले यसलाई सजिलै बगाउँछ । ‘तर, फाउन्डेसन लगाउनै परेमा भिजेको स्पन्ज प्रयोग गर्न सकिन्छ । मेकअपलाई यसले लामो समयसम्म टिकाउँछ’ उनले भनिन् ।चिल्लो र गाढा फेस क्रिम प्रयोग नगर्न पनि उनको सुझाव छ । बरु, तरल फेस क्रिम उपयुक्त हुन्छ ।वर्षामा सौन्दर्य जोगाउने चुनौती यति मात्रै होइन । यो मौसममा ओसिलोपन पनि बढी हुने भएकाले छालामा विभिन्न संक्रमणको जोखिम पनि हुन्छ । खासगरी चिल्लो छाला हुनेहरूलाई यसले सताउन सक्छ । अर्कातर्फ, मौसमी तापमान बढ्ने हुँदा शरीरमा पसिना आउँछ । यसले बाहिरी प्रदूषणलाई सोस्छ र छालाको रोमछिद्र बन्द गरिदिन्छ । यही कारण छालामा ‘फंगल इन्फेक्सन’ देखि ‘एलर्जी’ सम्मको समस्याले दुःख दिन सक्छ ।यसैगरी वर्षामा संक्रमणको भय उच्च हुन्छ । पिउने पानी वा खानेकुराको माध्यमबाट पनि संक्रमण फैलन सक्छ । जब शरीरमा कुनै किसिमको संक्रमण हुन्छ, त्यसको सोझो असर हाम्रो छालामा पर्छ । त्यसैले छालाको सौन्दर्य जोगाउने पहिलो सर्त हो, शरीरको सरसफाइ । समग्र शरीर, हात, खुट्टा एवं अनुहारको सफाइ राम्ररी गर्न जरुरी छ । मनतातो पानीमा हात–खुट्टा डुबाएर राख्न सकिन्छ । अनुहारमा बेला–बेला तातोपानीको वाफ लिन सकिन्छ ।वर्षामा देखिने छालाका समस्याहरूएक्नेअनुहारमा एक्ने आउनु आमसमस्या भइसकेको छ । यो मौसममा भने समस्या अझ बढी हुन्छ । वातावरण ओसिलो हुन्छ तर छाला रुखो हुन्छ । तसर्थ छालाको तैलीय स्तर सन्तुलनमा राख्न सिबासियस ग्रन्थिले अतिरिक्त सिबम उत्पादन गर्छ । कहिलेकाहीँ आवश्यकताभन्दा बढी सिबम उत्पादन गर्दा रोम/छिद्र बन्द हुन जान्छन् । यसले छालामा एक्ने तथा डन्डिफोरको समस्या निम्तिन्छ । यसबाट छुटकारा पाउन तातोपानीले नुहाउनुका साथै ‘आयल फ्रि’ सौन्दर्य प्रसाधन प्रयोग गर्दा राम्रो हुन्छ । चिल्लो छालामा सातामा दुई पटक स्क्रब गर्नुपर्छ । ‘वाटर प्रुफ’ मेकअपको प्रयोग गर्नु आवश्यक हुन्छ ।एक्जिमाछालासम्बन्धी रोग प्रायः बर्षाको समयमा धेरै देखिन्छ । तीमध्ये एक हो, एक्जिमा । यसले छाला रातो हुने, चिलाउने र सुन्निएको जस्तो देखिन्छ । संवेदनशील छालामा एक्जिमाको समस्याले धेरै सताउँछ भने पहिलेदेखि नै यो समस्याबाट गुज्रिरहेकालाई समस्या झनै बढेर जान्छ । यसबाट छुटकारा पाउन चिसो कपडाले सेक्न सकिन्छ । चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सकिन्छ ।स्काबिज‘स्काबिज’ छालाको रोग हो, जुन सारकोपटेस स्काबिज नामको कीटाणुबाट हुन्छ । वातावरणको तापमान र आद्रताको उतारचढावका कारण यो कीटाणुको संक्रमण बढ्छ । स्काबिज हुँदा छाला चिलाउँछ । यतिबेला वर्षाको दूषित पानीको सम्पर्कबाट बच्नुपर्छ । यो सरुवा रोग भएकाले अरूलाई सर्नबाट जोगाउनुपर्छ ।फंगल इन्फेक्सनवर्षाको समयमा सबैभन्दा बढी खुट्टा प्रभावित हुन्छन् । तापक्रममा लगातार उतारचढाव आउनाले खुट्टामा पसिना आउनुका साथै वर्षाको पानीले भिज्दा ‘फंगल इन्फेक्सन’ र चिलाउन सक्छ । यो समस्यालाई ‘एथलिट फुट’ पनि भनिन्छ । यो समस्या खुट्टा ओसिलो भइरहँदा हुन्छ । यसबाट सजिलै छुटकारा पाउन सकिन्छ । यतिबेला खुट्टालाई भिज्नबाट भरसक बचाउनुपर्छ । खुट्टालाई सुख्खा बनाइराख्नुपर्छ । लामो समयसम्म चिसो मोजा लगाउनु हुँदैन । साथै घरमा बस्दा चप्पलको प्रयोग गरे यो समस्याबाट बच्न सकिन्छ ।र्‍यासेज तथा एलर्जीयो मौसममा शरीरमा धेरै पसिना आउने भएकाले र्‍यासेज तथा एलर्जी आउन सक्छ । त्यसैले खुकुलो एवं पसिना सोस्ने कपडा लगाउनुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । छालामा ‘आयल फ्रि मोस्चराइजर’ लगाउन बिर्सनुहुँदैन । त्यस्तै, शरीरमा गोलाकार रातो धब्बा देखिन्छ, जुन चिलाउँछ । यो फंगल इन्फेक्सन हो । यसलाई दाद पनि भनिन्छ । शरीरमा धेरै पसिना आउनाले यस्तो समस्या देखिन्छ । यस्तो बेला एन्टिब्याक्टेरियलयुक्त साबुन प्रयोग गर्नुपर्छ ।फोलिक्युलिटिसवर्षाको समयमा फोलिक्युलिटिसको समस्या देखिन सक्छ । यो केशको रोमछिद्रमा हुने ब्याक्टेरियल इन्फेक्सन हो । यसले केश टुक्रने केशको रोमछिद्र सुन्निने, चिलाउने हुन्छ । यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap