वर्षात्ले बिग्रिएका सडक पुनः सञ्चालनमा नआउँदा सर्वसाधारण सास्तीमा


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
वर्षात्ले बिग्रिएका सडक पुनः सञ्चालनमा नआउँदा सर्वसाधारण सास्तीमा

डोटी, ८ असोज । वर्षातका कारण ठाउँठाउँमा पहिरा गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक सञ्चालन नहुँदा नागरिकलाई समस्या हुँदै आएको छ ।

गत साउन र भदौ महिनामा परेको अविरल वर्षाका कारण उक्त सडक खण्डका विभिन्न ठाउँमा ठूलठूला पहिरा आएर सडक पूर्ण रुपमा बन्द भएको छ । अवरुद्ध भएको सडक सञ्चालन नगरिएका कारण यहाँका नागरिकलाई खाद्यान्न किनमेल गर्न तथा आफूले उत्पादन गरेका वस्तुहरु बजारसम्म लैजानसमेत निकै मुस्किल पर्दै आएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी डम्बरबहादुर विष्टले बताए ।

उनले भने, “पहिराले सडक बिग्रिएको दुई महिना भइसक्यो, सञ्चालनका लागि कुनै पहल भएको छैन, गाउँमा मान्छे बिरामी पर्दासमेत सहरका अस्पताल लैजान सक्ने अवस्था छैन ।” उक्त सडक खण्डको शिखर नगरपालिका–१ नापानी तथा जोरायल गाउँपालिका–५ को चिरकिट्टे र खोलाखान नजिक पहिरा जाँदा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध भएको सडक सञ्चालनका लागि यहाँका नागरिकले पटकपटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालय दिपायलमा आग्रह गर्दासमेत सडक सञ्चालनका लागि कुनै पनि क्षेत्रबाट पहल नभएको जोरायल गाउँपालिका–५ का स्थानीयवासी प्रकाशबहादुर रावलले बताए । उनले भए, “सडक सञ्चालन नहुँदा हामीलाई निकै सास्ती भएको छ, सडक खोल्न पहलका लागि सबै निकाय धाउँदा पनि कसैले वास्ता गरेनन्, समस्या भयो हामीलाई ।”

यति मात्र नभई सडक सञ्चालन नहुँदा अहिले गाउँमा उत्पादन भएका साग, तरकारी तथा काँक्राहरु बजारसम्म लैजान नपाउँदा किसानका बारीमै कुहिन थालेको स्थानीयवासी लालबहादुर सार्कीले बताए । उनले भने, “दसँै आउन थालिसक्यो सडक खुलाएका छैनन्, हामीले उत्पादन गरेका वस्तुले बजार पाएनन्, बारीमै कुहिन थालेका छन् ।” यसै गरी सडक बन्द भएपछि गाउँमा यातायातका साधन नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकासिएको उपभोक्ताहरुको गुनासो छ । गाउँमा गाडी नआउने तथा एक दिनको पैदलदूरीबाट सामान बोकेर ल्याउनु परेका कारण दैनिक उपभोग्य वस्तुमा केही महङ्गो हुन गएको शिखर नगरपालिका–१ नापानीका व्यापारी रामबहादुर बोगटीले बताए। उनले भने, “गाडी नहुँदा हामीले मान्छेबाट सामान बोकेर ल्याउनुपर्छ, बोकेर ल्याउनुपर्ने भएका कारण ज्यालाको मूल्य बढ्दा सामानमा पनि बढेको हो ।”

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap