वर्तमान सत्ता गठबन्धन ०८४ सम्मै जान्छ : सभापति देउवा


लेखक : सुन्दराञ्चल      फाल्गुन २६, २०८१ मा प्रकाशित     
वर्तमान सत्ता गठबन्धन ०८४ सम्मै जान्छ : सभापति देउवा

धनगढी फागुन २६, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन ०८४ सम्मै जाने बताएका छन् । सोमबार बिहान धनगढी विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानी उनले यस्तो बताए हुन् ।

उनले भने ‘सरकार राम्रोसँग चलेको छ । गठबन्धनमा कुनै समस्या छैन् । २०८४ सम्मै गठबन्धन जान्छ ।’ उनले राजतन्त्रको पक्षमा माहोल नभएको र आफूले राजतन्त्रको पक्षमा माहोल नदेखेको बताए । त्यस्तै सभापति देउवाले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने बताए ।

उनी कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका धनगढी आइपुगेका हुन् । सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशशरण महत,बालकृष्ण खाण, दीलेन्द्र बडूलगायतका नेताहरु धनगढी पुगेका हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap