वराह जयन्ती


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
वराह जयन्ती

वराह जयन्तीलाई भगवान विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दू धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रुपमा लिइन्छ । आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ । सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता शैतानको विनास गरेको धेरै कथाहरू हामीले पक्कै सुनेका छौँ ।

वराह अवतार
ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्दार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतंक दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान विष्णुको अवतारको रूपमा स्वीकार गरे ।

त्यसबेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रशन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दातमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुशी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान विष्णुको वराह अवतारलाई युद्धका लागि लाल्कारे । त्यसपछि भगवान विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।

वराह अवतार भन्दाअघि भगवान विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाई हिरण्यकश्यपलाई भने भगवान विष्णुले चौथौ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।

वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दातले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ शुरूवात दिएका हुन् भन्ने विश्वास
गरिन्छ ।

वराह जयन्तीको सबैलाई शुभकामना छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap