वनगाउँबाट आफन्त भेटेर आएका एक नेपालीको गौरीफन्टा नाकामा मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
वनगाउँबाट आफन्त भेटेर आएका एक नेपालीको गौरीफन्टा नाकामा मृत्यु

धनगढी ३ भाद्र । गौरीफन्टा नाकामा एक नेपालीको मृत्यु भएको छ । वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका २ रौतेलीका ५५ वर्षीय रामदिन रानाको गौरीफन्टा नाकामै मृत्यु भएको हो ।

नाकामा आफन्तसंग कुरा गरिरहेकै बेला बेहोस भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap