लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले ९८ जना कर्मचारीको माग


लेखक : सुन्दराञ्चल      माघ २६, २०७९ मा प्रकाशित     
लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले ९८ जना कर्मचारीको माग

, माघ २६,   लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले ९८ जना कर्मचारीको माग गरेको छ ।

आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौँथो तहका विभिन्न सेवा समुहका अप्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो।

आयोगले  ५५ जना खुला, १५ जना महिला, १८ जना आदिवासी जनजाती, ७ जना मधेशी, २ जना दलित र १ जना थारु÷रानाथारु समुहका लागि विज्ञापन खोलिएको छ।

प्रदेश लोक सेवा आयोगले फागुन १७ गते सम्म दरखास्त दिन सकिने जनाएको छ। यस्तै दोब्बर दस्तुर तिरी फागुन २४ गते गते सम्म पनि दरखास्त दिन सकिने छ।समावेशी समुहका लागि भने थप १५० तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आवेदकले अनलाइनबाट फारम भर्न सक्ने जनाइएको छ। 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap