माघ ५ बाजुरा : बुढीगंगा नगरपालिका-६ माल्ताकी छाया जैशीले १० महिनाको अवधिमा लोक सेवा आयोगले लिएका ६ वटा लिखित परीक्षामा सफलता हात पारेकी छन् ।
देशकै बिकट जिल्ला लोकसेवा आयोगका ६ वटा लिखित परीक्षामा सफलता हात पारेको बिकट भानुदोय माविबाट एसईई उत्तीर्ण जैसीले २०८० बैशाख यता लोकसेवा आयोगका ६ वटा लिखित परीक्षामा सफलता हात पारेकी हुन् । चार वटाको मौखिक परीक्षाफल आउन बाँकी रहदा जोशी कोशी प्रदेशमा मौखिक परीक्षामा उत्तीर्ण भएर उदयपुर जिल्लाको ताप्ली गाउँपालिकामा सेवा दिन थालिसकेकी छन् ।
असफलताबाट कहिल्यै हरेश नखाएकी जैसीले कठोर र अविचलित संघर्षबाट आफूले यो सफलता हात पारेको बताईन । मान्छेको सफलता कुनै भूगोलले तय नगर्ने जैसीको सफलताले पुष्टि गरेको छ । मान्छे कुन भूगोल र कस्तो पारिवारमा जन्मियो, त्यसले उसको सफलता निर्धारण नगर्ने समेत देखिएको छ ।
कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी छायाले सोही विद्यालयबाट कृषि प्राबिधिकको शिक्षा लिएकी हुन् । छायाका सात दिदी भाई छन् । जसमध्ये उनी चौथो सन्तान हुन् । देशकै बिकट जिल्ला बाजुराको अति बिपन्न परिवारमा जन्मिएकी जैसीलाई उनका बुवाले ज्याला गरेर पढाएका थिए । जैसीको विद्यालयको शुल्क तिर्न उनका बुवा महानन्द जैसीले उनी अध्ययनरत विद्यालयको भवन निर्माणमा ज्यालादारीमा काम गरेका थिए । ज्यालादारीबाट कमाएको रकमले जैसीका बुवाले उनको पढाई खर्च धानेका थिए ।
भेटरीनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन् । गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिकपछि नाम वैकल्पिकमा मात्रै निस्कीयो । लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन् ।
त्यसपछि पनि पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन् । चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ । छाया भने सबै परीक्षामा सफलता मिल्नेमा ढुक्क छिन् ।