लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप


लेखक : सुन्दराञ्चल      माघ ३, २०७८ मा प्रकाशित     
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले  प्रधानमन्त्री कप

काठमाडौँ माघ ३ लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले आइतबार प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेका छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा समूह ‘बी’ को खेलअन्तर्गत लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ। गण्डकीले प्रस्तुत गरेको १ सय ५ रनको लक्ष्य लुम्बिनीले १३.१ ओभरमा मात्र ५ विकेट क्षतिमा पूरा गरेको हो।

लुम्बिनीका लागि देव खनालले ५६ रनको योगदान गरे। देवले २६ बलमा १० चौका र १ चौका प्रहार गरे। ४ रन जोड्दा ओपनर सौरभ खनाललाई गुमाएको लुम्बिनीको इनिङ दोस्रो विकेटका लागि देव र सुशान्त थापाले ७२ रनको साझेदारी गर्दैै उकासेका थिए। सुशान्तले ३७ बलमा ३ चौका प्रहार गरे। गण्डकीका सुवास भण्डारीले ३ तथा अशोक श्रेष्ठ र विशाल पौडेलले समान १ विकेट लिए।

समूह ‘बी’ बाट एपिएफले विजेताको र बाग्मतीले उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरिसकेका छन्। लुम्बिनी र गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। लुम्बिनीले ४ खेलमा ४ अंक जोड्दै चौथो स्थानमा रहँदा गण्डकी जितविहीन बन्यो। यसअघि टस जितेर ब्याटिङमा आएको गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रनको सामान्य योगफल तयार पारेको थियो।

गण्डकीका लागि अनिल गुरुङले सर्वाधिक ५० रन जोडे। अनिलले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोविन्द विकले १२ रन जोडेका थिए।

लुम्बिनीका अनिल खरेलले ४, दीपेन्द्र रावत र कृष्ण कार्कीले २ तथा तुलबहादुर थापा र दुर्गेश गुप्ताले समान १ विकेट लिए।आइतबार सम्पन्न समूह ‘ए’ को खेलमा प्रदेश–१ लाई सुदूरपश्चिम प्रदेशले ७ विकेटले निराश पार्‍यो।

प्रदेश–१ ले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो।सुदूरपश्चिमको सहज जितमा ओपनर राजु रिजालले ६८ र कप्तान सन्तोष भट्टले ४८ रनको योगदान गरे।

राजु र सन्तोषले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए। सन्तोषले ३९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा राजुले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै अर्जुन साउदले ११ बलमा ३ चौका र १ छक्काको मद्दतमा २६ रनको योगदान गरे। प्रदेश एकका फिर्दोस अन्सारी, कमल खत्री र मुकन्द यादवले समान १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल खडा गरेको थियो।

प्रदेश–१ का मुकुन्द यादवले ३४ रनको योगदान दिँदा मिनास थापा र अंकित सुवेदीले समान २३ रनको योगदान गरे। सुदूरपश्चिमका नारायण जोशी र हेमन्त धामीले समान २ विकेट लिए। त्यस्तै कैलाश ऐर, आदित्य मेहता, सन्तोष र शेर मल्ले समान १ विकेट लिए।

४ खेलमा ४ अंक जोडेको सुदूरपश्चिम समूह ‘ए’ को तेस्रो स्थानमा रह्यो भने प्रदेश–१ को ३ खेलमा १ अंक छ। यस समूहबाट नेपाल पुलिस र आर्मी सेमिफाइनल प्रवेश गरिसकेका छन्।नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap