धनगढी : धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिग ६ विद्यालय स्तरीय यु-१९ टी–२० क्रिकेट प्रतियोगिता २०७८ को तयारी सुरु भएको आयोजकले जनाएको छ । तयारी सुरु भए सँगै प्रतियोगिताको एजुकेशन पार्टनर प्रायोजकको टुङ्गो लागेको छ ।
प्रतियोगितामा एजुकेशन पार्टनरको रुपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाईस्कुल प्रतियोगितामा जोडिएको हो । स्कुल क्रिकेट तथा लिटल फ्लावर प्रिमियर लिगलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगितामा एजुकेसन पार्टनर भई सहयोग गरेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाईस्कुल लम्की कैलालीका संस्थापक एम. डी. माधव थापा बुढामगरले बताए । पाँचौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौँले जितेको थियो ।