लालसलाम कपको उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०८१ मा प्रकाशित     
लालसलाम कपको उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी

धनगढी : बैशाख २१,प्रथम लालसलाम कप भलिबल प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी भएको छ। धनगढीस्थित रंगशालामा बिहिबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसले नाष्ट कलेजलाई २–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नाष्टमाथि एमसीले एकतर्फी जित निकालेको हो।

पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा १५–२१ले नाष्टलाई पछि पार्दै ऐश्वर्यले सोजो सेटले जित निकालेको हो। नेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख २० देखि २४ गतेसम्म धनगढी रंगशालामा प्रदेशका विभिन्न क्याम्पसहरूबीच भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हो।

प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेको क्रान्तिकारी कैलाली जिल्ला समितिले जनाएको छ। विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा सुदूरपश्चिमका १४ क्याम्पसका टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा नकआउटका खेलहरू सुरू भएकम हुन्। प्रतियोगितामा युथ अफ टिकापुर, ओम श्रीनगर स्पोर्टसको सहकार्य र आयोजक अनेरास्ववियू कैलाली जिल्ला समिति रहेको छ। शुक्रबार बिहान ७ बजे केएमसी ए र बालजागृत र ९ बजे दुर्गालक्ष्मी बहुमुखी र केएमसी बीका बिच खेल हुनेछन्। यस्तै दिउँसो ३ बजे त्रिनगर र केदारज्योती र ५ बजे दिपेन्द्र मावी र दुर्गा माविविच खेल हुनेछन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap