लायन्स क्लव अफ धनगढी कुईनले एक कार्यक्रम गरि २२ औँ रास्ट्रिय धान दिवस मनायो


लेखक : सुन्दराञ्चल      असार १५, २०८२ मा प्रकाशित     
लायन्स क्लव अफ धनगढी कुईनले एक कार्यक्रम गरि २२ औँ रास्ट्रिय धान दिवस मनायो

कैलालीको धनगढी उपमहानगरपालिका मा धान दिवस मनाईएको छ । लायन्स क्लव अफ धनगढी कुईनले एक कार्यक्रम गरि २२ औँ रास्ट्रिय धान दिवस मनाएको हो । धनगढी कुईनका अध्यक्ष पुष्पा भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रक्षा महरा प्रमुख आतिथी रहनु भएको थियो । रोपाँई कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी महराले नेपाल कृर्षी प्रधान देश भएकोले कर्षी उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । धानबालीमा सघनताः खाध सुरक्षा र आत्मनिर्भर भन्ने नाराका साथ २२ औँ रास्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव धनगढी कुईनले किसानको खेतमै गएर मनाउने हाम्रो योजना अनुसार रोपाईँ कार्यक्रम आयोजना गरिएको धनगढी कुईन्की अध्यक्ष पष्पा भट्टले बताउनु भयो । रोपाई कार्यक्रममा धनगढी कुईनका पदाधिकारीले किसानको खेतमा गएर रोपाईँ समेत गर्नु भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap