लागुऔषध र १ लाख ४१ हजार नगद सहित एक युवक पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
लागुऔषध र १ लाख ४१ हजार नगद सहित एक युवक पक्राउ

कञ्चनपुर ४ भाद्र । जिल्लामा लागुऔषध र १ लाख ४१ हजार नगद सहित एक युवकलाई पक्राउ गरिएको छ । संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले भीमदत्त नगरपालिका वडा नं १२ ऐरी घर भएका अन्दाजी २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथवाट साथबाट १ लाख ४१ हजार २ सय ५० रुपैया र १४।६७ ग्राम खैरो हिरोइन, ८।५० ग्राम चरेश, ३ थान मोबाइल बरामद गरिएको छ । पक्राउ परेका भारती माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap