ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी, 


लेखक : सुन्दराञ्चल      अशोज ५, २०७९ मा प्रकाशित     
ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी, 

असोज ५,  ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।

आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap