लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्नेघाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर बन्दै, 


लेखक : सुन्दराञ्चल      साउन ३१, २०७९ मा प्रकाशित     
लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्नेघाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर बन्दै, 

३१ साउन,  लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर मार्फत यस्ता विभिन्न काम गर्दै आएका हुन् । पूर्वशिक्षकसमेत रहेका ५० वर्षीय गुरुङका अनुसार उनी सानो हुँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैनथे। ‘गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो’, उनले भने ।

पछिल्लो चार वर्षको बीचमा छिमेकी मपिङ गाउँ पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घर परिवार बसोबास गर्दछन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका गुरुङले बताए । उनका अनुसार गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । अकबरे खुर्सानीमा गाउँलाई आत्म निर्भर बनाउने सपना गुरुङले चार वर्षअघि देखेका थिए

पहिलो वर्ष उनले आफ्नै बारीमा त्यसको परीक्षण शुरु गरेका  थिए । अहिले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यवसायिक उत्पादन थालेका छन् भने अन्य सबै घरले आफ्नो परिवारलाई पुग्ने गरी अकबरेको खेती गर्न थालेको गुरुङले बताए ।

चार प्रकारको अर्गानिक मल उत्पादन प्रविधिबारे गाउँलेलाई सिकाइएको अकबरे खुर्सानीका व्यवसायिक खेती गरिरहेका अर्का किसान कमलप्रसाद गुरुङले बताए । उनका अनुसार अहिले घाम्राङ र मपिङ गाउँमात्र हैन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे गाउँमा पनि अकबरे खुर्सानीको व्यावसायिक उत्पादन हुन थालेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap