लभस्टोरी सिनेमाको कथा जस्तै चाखलाग्दो छ, तीन खानको प्रेम–प्रसंग


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
लभस्टोरी सिनेमाको कथा जस्तै चाखलाग्दो छ, तीन खानको प्रेम–प्रसंग

बलिउडमा तीन खानको वर्चश्व छ, सलमान, शाहरुख र आमिर । स्टारडमको हिसाबले उनीहरुको कोही भन्दा कोही कम छैनन् ।

दाम्पत्य र प्रेम–जीवनमा भने यी तीन सुपरस्टारको कथा अलग–अलग छ । शाहरुख खानको दाम्पत्य जीवन सुखमय छ । तीन सन्तानका बुवा शाहरुखले करियरसँग पारिवारिक सन्तुलन मिलाइराखेका छन् । आमिर भने यस कुरामा त्यती भाग्यमानी छैनन् । उनको दाम्पत्य जीवन त्यती सुखद रहेन । दुई जनासँग विवाह गरे । सन्तानका आमाबुवा पनि भए । तर, दुबै जनासँग उनको सम्बन्ध टुटिसकेको छ । सलमानको हकमा भने विवाहको साइत अझै जुरेको छैन । उमेरले ५५ बर्ष पुगिसके पनि उनले विवाहको सुरसार गरेका छैनन् ।

यद्यपि उनीहरुको प्रेम प्रसंग भने कुनै लभस्टोरी सिनेमाको कथा भन्दा कम चाखलाग्दो छैन ।

शाहरुख–गौरीको प्रेमकथा

शाहरुख र गौरीले त्यहीबेला लगनगाँठो कसेका थिए, जतिबेला शाहरुख ‘किंग खान’ भएकै थिएनन् । गौरी–शाहरुखको प्रेमकथा कुनै फिल्मको कथा भन्दा कम रोचक छैन । उनीहरुले एकअर्कालाई मन पराउँथे । एकअर्काको नजिक हुन खोज्थे । प्रेम गर्न चाहन्थे । तर, परिस्थिती अनुकुल थिएन ।

शाहरुखले पहिलो पटक गौरीलाई त्यही देखेका थिए, जहाँ उनीहरुको साथीको भोज थियो । ती दुबैका साथी थिए । र, पार्टीमा दुबै पुगेका थिए । यो सन् १९८४ बर्षअघिको कुरा । त्यसबेला शाहरुख १८ बर्षका लक्का जवान थिए । गौरी १४ बर्षकी ।

शाहरुखले गौरीलाई पहिलो पटक देख्दा गौरी कुनै अर्को पुरुषसँग नृत्य गरिरहेका थिए । शाहरुखलाई पहिलो झलकमै गौरी मन प¥यो । गौरी नाच्नमा लाज मानिरहेकी थिइन् । शाहरुखले हिम्मत जुटाए र गौरीलाई आफुसँग नाच्न अनुरोध गरे । तर, गौरीले कुनै रुची देखाएनन् । भनिन्, ‘म ब्वाईफ्रेन्डलाई पर्खिरहेकी छु ।’

यस्तो सुनेपछि शाहरुखको सपना टुट्यो । तर वास्तविकता त के थियो भने, गौरीको कुनै ब्वाईफ्रेन्ड थिएन । गौरीका भाई उनीसँगै थिए । त्यही कारण उनले झुट बोलेकी थिइन् । यो कुरा शाहरुले एक अन्र्तवार्ताको क्रममा भनेका छन् ।

जब शाहरुखले गौरीको मनोदसा बुझे । तब गौरीको नजिक पुगे र भने, ‘मलाई पनि तिम्रो दाई सम्झनु ।’

गौरीलाई पनि शाहरुखको स्टाइल र आत्माविश्वास गजब लाग्यो । आखिरमा उनीहरुको मन पग्लियो । दुबै एकअर्कालाई प्रेम गर्न थाले । शाहरुख लुकीछिपी गौरीको पछि लाग्थे । आखिरमा शाहरुखले गौरीको घरको नम्बर पनि खोजेरै छाडे । त्यसबेला शाहरुखलाई एउटा गीत खुब मनपथ्र्यो, ‘गोरी तेरा गांव बडा प्यारा ।’ गौरीलाई देख्नसाथ उनी यही गीत गुनगुनाउथे ।

यतिबेला शाहरुखका पिता थिएनन् । उनको क्यान्सरले मृत्यु भइसकेको थियो । आमा लतीफ फातिमा र दिदीसँगै शाहरुखको परिवार दिल्लीको गौतम नगरमा बसोबास गर्थे ।

यता गौरी अवकासप्राप्त आर्मी आफिसरकी छोरी थिइन् । उनीहरुको खानदान ठूलो थियो । शाहरुख जब गौरीलाई भेट्न चाहन्थे, तब कुनै साथीको घरमा फोन गरेर बोलाउँथे । फोनमा पनि उनीहरुको कोड नाम थियो, शाहीन ।

उनीहरुको सम्बन्ध क्रमस अगाडि बढ्दै गयो । पाँच बर्ष वित्यो । त्यसबेला शाहरुख एक टेलिभिजन शृंखलामा काम गर्न सुरु गरिसकेका थिए । गौरी फेसन डिजाइनिङ कोर्स गरिरहेकी थिइन् । दुबै व्यस्त हुँदै थिए र भेट पातलिदै थियो ।

खासमा गौरी चाहँदैनथे कि, शाहरुख कलाकारितामा लागेको ।

यता शाहरुख पनि गौरीलाई अलि बढी नै नियन्त्रण गर्न खोज्थे । गौरी कुनै पुरुषसँग बोलेको उनलाई मन पर्दैनथ्यो । अन्नतः गौरीले सोचिन्, यो सम्बन्धलाई अरु बढी लम्बाउनु ठिक छैन । सम्बन्धलाई यही बिट मार्नु उचित हुन्छ ।

एक दिन गौरी शाहरुख खानको घरमा आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । त्यही बेला उनी शाहरुखलाई नभनी साथीहरुसँग बाहिर गए । तब शाहरुखले महसुष गरे कि, आफु गौरी बिना बस्नै नसक्ने ।

शाहरुख आफ्नी आमासँग सबै कुरा शेयर गर्थे । उनले आफ्नो मनको कुरा आमालाई सुनाए । शाहरुखकी आमाले शाहरुखलाई भारु १० हजार रुपैयाँ दिइन् र भनिन्, ‘उनलाई खोजेर ल्याउनु ।’

तब शाहरुख केही साथीलाई लिएर शहरतिर निस्के, गौरीलाई खोज्न । तर, गौरी कतै भेटिएनन् । लामो समयपछि शाहरुखले गौरीलाई एक समुन्द्री किनारमा भेटे । दुबैले एकअर्कालाई आँखामा आँखा जुधाएर हेरिरहे । अंगालोमा बाँधिए र दुबै खुब रोए । तब उनीहरुले एकअर्कासँग छुटिएर बस्नै नसक्ने महसुष गरे । उनीहरु अब विवाह गर्न चाहन्थे । हो, यही निर्णय पछि पो असली नाटक सुरु हुनेवाला थियो ।

उनीहरुको सम्बन्धलाई दुई चिरा पार्नेगरी उभिएको थियो, उनीहरुको धर्म । शाहरुख मुस्लिम । गौरी हिन्दु ब्राम्हण परिवारकी । गौरीका पिता पूर्ण शाकाहारी थिए । गौरीका परिवार उनीहरुको विवाहको पक्षमा थिएनन् । यसैगरी शाहरुख र गौरीको परिवारबीच आर्थिक दुरी पनि निकै थियो ।

अवस्था कस्तो थियो भने, एकातिर शाहरुख आफ्नो करियरका लागि संघर्षरत थिए । बलिउडमा उनी चिनिएकै थिएनन् । यता प्रेम–जीवन सफल बनाउन पनि उनको अगाडि संघर्षको पहाड उभिएको थियो ।

अब शाहरुखले एउटा जुक्ति फुराए, धर्म परिवर्तन गर्ने । गौरीका परिवारलाई प्रभावित गर्न उनी हिन्दु भए । पाँच बर्षसम्म । त्यतीमात्र कहाँ हो र ? उनले नाम पनि बदले । अन्ततः गौरीको परिवार पग्लिए । गौरी र शाहरुखको विवाह भयो । सन् १९९१ अक्टोबर २५ मा ।

सलमानको वियोगान्त प्रेमकथा

सलमानले बलिउडका आधा दर्जन अभिनेत्रीलाई आफ्ना प्रेमिका बनाए । यसको सिलसिला सुरु भयो शाहीन जाफरीबाट । त्यसपछि उनले संगीता बिजलानी, सोमी अली आदिलाई आफ्नो प्रेमिका बनाए । तर, उनीहरुसँगको सम्बन्ध लामो समय कायम रहेन ।

अन्ततः सलमानको माया बस्यो विश्व सुन्दरीको शीर्ष ताज विजेता अभिनेत्री ऐश्वर्य रायसँग । उनीहरुको प्रेमकथाले त बलिउडमा ठुलै तरंग पैदा ग¥यो । ऐश्वर्य र सलमानको जोडीलाई बलिउडकै सर्वाधिक लोभलाग्दो मानिन्थ्यो । उनीहरुको प्रेम सम्बन्धमा निकै उतारचढाव आयो । आखिरमा दुबैले यो सम्बन्धलाई कायम राख्न सकेनन् ।

ऐश्वर्यपछि सलमान क्याटरिना कैफसँग जोडिए । उनीहरुको प्रेम–सम्बन्ध पनि दुई चिरा प¥यो । आखिरमा सलमान रोमानियन केटी यूलिया वन्तूरसँग रोमान्स गर्न थाले । तर, उनका कथित गर्लफ्रेन्ड यूलियाले यसअघि नै बिवाह गरिसकेका थिए । उनले मारियास मोगा नामका गीतकार तथा गायकसँग २०१२ मै जोडी बाँधेकी थिइन् ।

‘जय हो’ फिल्मको छायांकनका क्रममा सलमानसँग यूलियाको भेट भयो । यूलियालाई सलमानले नै भारतमा निम्त्याएको बताइन्छ । यी सम्पूर्ण प्रेमकथा भन्दा बढी रोचक छ, ऐश्वर्यसँगको कथा ।

सलमान ऐश्वर्यलाई औधी रुचाउँथे । ‘चलते चलते’ फिल्ममा शाहरुखसँग ऐश्वर्य सुटिङ गरिरहेकी थिइन् । सलमान सेटमा पुगे । पछि शाहरुखले सलमानलाई साथ दिदै ऐश्वर्यलाई फिल्मबाट बाहिर निकाले । त्यस स्थानमा रानी मुखर्जीलाई ल्याइयो ।

अहिले ऐश्वर्यले अभिषेक वच्चनसँग घरजाम गरिसकेकी छिन् । उनी एक सन्तानकी आमा समेत हुन् । एकताका ऐश्वर्यले अन्र्तवार्तामा सलमानसँगको सम्बन्धलाई लिएर तीतो पोखेकी थिइन् । उक्त अन्र्तवार्तामा ऐश्वर्यले सलमानसँग प्रेम गरिरहँदा सुखभोगभन्दा बढी पीडावोध गरेको बताएकी थिएन् । उनले भनेकी छिन्, ‘सलमानले मसँग झगडा गर्थे, कुटपिट गर्थे । र, अर्कोदिन उनी सेटमा यसरी आउँथे, मानौ अघिल्लो दिन केही भएकै छैन ।’

एकपटक उनीहरुवीच ठूलो लफडा भयो । ऐश्वर्यले सो घटनालाई यसरी वताएकी छिन् ।

सलमान राती २ बजे आए र ऐशको अपार्टमेन्टको ढोका ढकढक्याउन थाले । ऐश्वर्यले ढोका खोलिनन् । तब सलमानले त्यहाँबाट हाम फाल्ने धम्की दिए ।

ऐश्वर्यले सलमानलाई कुनै जवाफ दिएनन् तब सलमानले ढोका हिर्काइरहे । उनले ढोका त्यसबेलासम्म हिर्काइरहे, तबसम्म उनको हातबाट रगत निस्किएन । अन्ततः ऐश्वर्य बाध्य भइन् र ढोका खोलिन् । भोलिपल्ट ऐश्वर्यले सलमानको विरुद्ध उजुरी दिइन् ।

ऐश्वर्यले भनेकी छिन् कि उनले सलमानका लागि सबैकुरा गरिन् । उनी केवल २१ बर्षकी थिइन् तैपनि सलमानका खातिर उनले परिवार छाडेर एक्लै अपार्टमेन्ट लिएर बसिन् ।

ऐश्वर्यका अनुसार सलमान र उनको झगडा सोमी अलीलाई लिएर भएको थियो । ऐशलाई कुनै जानकारी नदिइ सलमानले सोमीलाई सहयोग गर्न अमेरिका गए । उनका पिता बिरामी थिए र उनलाई सहयोगको जरुरी थियो ।

ऐश्वर्यको भनाई अनुसार सलमानले नै उनलाई धोका दिएको थियो । उनी अरु कसैसँग रोमान्स गरिरहेका थिए । यसपछि ऐश्वर्यले उनलाई छाड्ने निर्णय गरिन् ।

ऐश्वर्य उनीहरुको रिलेशनसिपमा आफ्नोतर्फबाट सत्प्रतिशत दिएको बताएकी छिन् । ऐश सलमानको परिवारसँग नजिकिइन् । तर, बदलामा उनलाई धोकेबाज भनियो र उनको हरेक को–स्टारसँग उनको नाम जोडियो ।

ऐश्वर्यले दावी गरेकी छिन्, उनले आफ्नो सम्बन्ध बचाउनका लागि सबैकुरा सहेकी थिइन् । सलमानको रिस, चिच्याहट, मारपिट, आरोप । जबकि उनी स्वयम् ऐशलाई धोका दिइरहेका थिए ।

ऐशले सलमानको फोन रिसिभ गर्न छाडेकी थिइन् । यद्यपि सलमान मान्दैनथे । उनी ऐश्वर्यको सेटमा आउथे र तमासा देखाउथे । साथै ऐश्वर्यलाई अरुसँग अफेयर रहेको आरोप लगाउथे ।

ऐश्वर्यका अनुसार सलमानको कारण उनको करियर दाउमा थियो । उनलाई फिल्मबाट निकालिन्थ्यो र उनलाई अनप्रोफेशनल भनिन्थ्यो । निर्माताहरुले उनलाई फिल्मबाट हटाउन थालिसकेका थिए ।

ऐश्वर्यको यो अन्र्तवार्ता आएको ठिक दोस्रो दिनमा सलमानले मादक पदार्थ सेवन गरी कार चलाउँदा सडकमा सुतिरहेका एक व्यक्तिको ज्यान गएको थियो, चार जना घाइते भएक थिए । अहिलेपनि उनलाई त्यही दुर्घटनाले सताइरहेको छ ।

आमिरलाई नफापेको दाम्पत्य

रिना दत्तसँग आमिर खानको गुपचुप प्रेम थियो । आमाबुवा, भाई बहिनी कसैलाई पनि खबर नगरी अचानक उनले रिनासँग विवाह गरे । उता रिनाको परिवारमा पनि उनीहरुको विवाहबारे थाहा थिएन । रिना र आमिरले कानुनी विवाह गरे, सन् १९८६ मार्च १४ मा ।

यसको भेउ पाएकी थिइन्, रिनाको बहिनी अन्जुले । उनले आमा बुवालाई भनिदिने धम्की पनि दिएकी थिइन् । रिनाका पिता एयरइन्डिया मुम्बईका म्यानेजर थिए । कुनै कामले उनी कोलकाता गएका थिए । त्यसैले यो विवाहको राज खुल्न समय लाग्यो ।

आमिर–रिना दत्तको जब विवाह भयो, त्यसबेला रिना विद्यार्थी थिइन् । उनी आफ्नै घरमा बसेर विद्यालय धाइरहेकी थिइन् । आमिर खान २२ बर्षका लक्का जवान थिए । आमिर त्यसबेला  ‘कयामत से कयामत तक’को छायांकनमा थिए ।

त्यसैले आमिर र रिनाको प्रेम भइरहेको कुरा धेरैले भेउ नै पाएनन् ।

रिनालाई आमिरले मन पराउथे । रिना घरमा खेलेको आमिरले नियालिरहेका हुन्थे । कहिले काहीँ आमिरले रिनालाई आफ्नो घरमा लैजान्थे । आमा, काकीहरुसँग भेट गराइदिन्थे ।

पछि आमिर र रिना एक भए । उनीहरुको कोखबाट दुई सन्तान जन्मिए । १७ बर्षसम्म उनीहरुको घरजाम कायम रह्यो । सबैकुरा ठीकठाकै देखिन्थे । तर, रिना र आमिर अलग हुने निर्णयमा पुगे । यो अनपेक्षित कुराले धेरैलाई आश्चर्यमा पा¥यो । आमिर र रिनालाई उनीहरुका साथीले सम्झाई बुझाई गरे । दुबैले एकसाथ रहने प्रयास पनि गरे । तर, परिणम सकारात्मक निस्किएन । आखिर यो विवाह ट्ट्यो । आमिर र रिना अलग भए । दुबैलाई यो पीडाबाट बाहिर आउन समय लाग्यो ।

अमिरले केही अघि बताएका थिए, रिनाले फिल्म ‘लगान’मा गरेको काम अझैपनि उनले भुल्न सक्दैनन् । उक्त फिल्मका लागि रिनालाई निर्माणको अभिभारा दिइएको थियो । सुरुमा रिनाले फिल्मको काममा आफ्नो कुनै अनुभव नभएको बताएकी थिइन् । तर, पछि फिल्ममेकरसँग भेट्ने, छलफल गर्ने र बुझ्ने काम गरिन् । सोही अनुभव उनले फिल्म ‘लगान’को लागि खर्चिइन् ।

यही बखत आमिर खानको भेट भयो, किरण रावसँग । उनीहरु एकअर्काका साथी जस्तै थिए । तर, त्यो मित्रता प्रेममा बद्लियो । प्रेम विवाहमा । त्यसबेलासम्म आमिरले रिनासँग सम्बन्ध विच्छेद गरिसकेका थिए ।

किरणले आमिरलाई फिल्मको काममा सघाउँदै आएकी थिइन् । उनीहरु अक्सर एकसाथ देखिन्थे । दुबैको एक छोरोको आमाबुवा पनि भइसकेका थिए । यस्तो लाग्थ्यो, सबैकुरा ठीकठाक छ । तर, अचानक उनीहरुले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap