लगातारको बर्षाका कारण पहिरो जादा साफेँ(मार्तडी सडक अबरुद्ध


लेखक : सुन्दराञ्चल      साउन ४, २०८१ मा प्रकाशित     
लगातारको बर्षाका कारण पहिरो जादा साफेँ(मार्तडी सडक अबरुद्ध

बाजुरा साउन ४  : लगातारको बर्षाका कारण पहिरो जादा साफेँ मार्तडी सडक खण्ड तिन ठाउँमा अबरुद्ध भएको छ । राति परेको अबिरल बर्षा संगै आएको पहिरोले सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साफेँ मार्तडी सडक खण्डको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, बडिमालिका नगरपालिका ४ रिला र बडिमालिका ९ कारागार नजिकै गएको पहिरोले सडक अबरोध भएको जनाएको छ । अबरोध भएको सडकको पहिरो हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसै गरि पुर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक लगातारको अबिरल बर्षासँगै पहिरोका कारण दुई सातादेखी अवरुद्ध भएको छ । मनसुन सक्रिय भएसँगै बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा पहिरो स‌गै बिभिन्न खोलाहरुको बहाफ बढेपछी मार्तडी कोल्टी सडक सडकखण्ड अवरुद्ध भएको छ । सडक अबरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा माल बहाक सवारी साधन ठप्प भएका छन् ।

पहिराेले धुजा धुजा साँफे मार्तडी सडक, बिद्धुत सेवा समेत अबरूद्ध – बडिमालिका खबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap