लक्ष्मी लघुवित्त वित्तीयद्वारा मृत्यु भएका सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०८१ मा प्रकाशित     
लक्ष्मी लघुवित्त वित्तीयद्वारा मृत्यु भएका सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

जेठ १० बझाङ, बझाङकोको जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएकी सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।
मंगलबार संस्थाले जय पृथ्वी नगरपालिका–९ की मृतक सदस्य दुर्गा माया मगरका श्रीमान भक्त बहादुर मगरलाई ६ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाको शाखा प्रबन्धक सुमन रानाले समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पुर्याउँदै आएको बताउँदै वित्तीय क्षेत्रको सुधार ,वित्तीय अनुशासन , कर्जा सदुपयोग ,बचत को महत्त्व तथा आवश्यकता, प्रबिधी मैत्री पारदर्शी कारोबार ,कर्जा बिमाको महत्त्व र बैंकिङ प्रणाली जस्ता विभिन्न वित्तीय ज्ञानहरुको बारेमा जानकारी गराईएको थियो।
संस्थाको कर्मचारीले मृतक परिवारको घरसम्म पुगेर सहयोग रकम हस्तान्तरण गरेकोमा संस्थाप्रति मृतक को परिवार र केन्द्रका सदस्यहरूले धन्यवाद दिएका थिए ।

सो संस्थाको चैनपुर शाखामा आवद्ध ७ जना ऋणी सदस्यको मृत्यु भएको र ४४ लाख रकम भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक सुमन रानाले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap