रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी, तोडे देइको कीर्तिमान


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी, तोडे देइको कीर्तिमान

१७ भदौ, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले इरानका अली देइको नाममा रहेको १०९ गोलको कीर्तिमान तोडे । रोनाल्डोले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पुर्‍याएका हुन् ।

रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले नाटकिय रुपमा २-१ को जित हात पारेको थियो ।

उनको पोर्चुगलका लागि व्यक्तिगत ११०औं र १११ औं गोल गरे । अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै  १०९ गोल गरेका थिए । रोनाल्डोले यसै वर्ष भएको युरोमा देइको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोले युरो २०२० का क्रममा देइको बराबरी गरेका थिए ।

३६ वर्षीय फरवार्ड रोनाल्डोले एक गोलले पछि रहेको अवस्थामा ८९औं मिनेटमा बराबरी गोल गर्दै कीर्तिमान तोडेका थिए । त्यसपछि उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई समेत जित दिलाए ।

खेलको १५औं मिनेटमै पोर्चुगलले पेनाल्टी पाए पनि रोनाल्डोल चुके । उनको प्रहार आयरल्यान्डका गोलरक्षक गभिन बाजुनुले रोकेका थिए । रिपब्लिक अफ आयरल्याण्डका लागि जोन एगानले ४५औं मिनेटमा गोल गरे ।

रोनाल्डोले रिपब्लिक अफ आयरल्याण्डविरुद्ध खेल्दै पोर्चुगलका लागि १८० क्याप जिते । उनले अन्तर्राष्ट्रिय पुटबलमा आफ्नो देशका लागि सर्वाधिक खेल खेल्ने स्पेनका सर्जियो रामोसको कीर्तिमान पनि बराबरी गरे ।

आयरल्यान्डविरुद्धको खेलमै रोनाल्डोले पोर्चुगलका लागि १८० खेले खेले । यससँगै उनले सर्जियो रामोसको नाममा रहेको आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको कीर्तिमान बराबरी गरे ।

सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेपछि रोनाल्डोले यो विशेष क्षणमा रहेकोले खुशी व्यक्त गरे ।  ‘म धेरै खुसी छु । किनकि यो कीर्तिमान भंग गरेकोले मात्र होइन । तर विशेष अवस्थामा यो भएको छ,’ उनले भनेका छन्, ‘खेलको अन्तिम समयमा दुई गोल । टिमले जे गर्‍यो त्यसका लागि मैले धन्यवाद दिनुपर्छ । हामीले अन्तिमसम्म विश्वास गर्‍यौं । म कृतज्ञ छु ।’

युरोकपको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले युरोमा १४ गोल गरेका छन् ।

रोनाल्डोले कुन प्रतियोगितामा कति गोल गरे ?

विश्वकप छनोट  : ३३ गोल

युरोकप छनोट : ३१ गोल

अन्तर्राष्ट्रिय मेत्रीपूर्ण : १९ गोल

युरोकप : १४ गोल

विश्वकप : ७ गोल

युइएफए नेसन्स लिग : ५ गोल

कन्फेडेरेन कप : २ गोल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap