रोजगार अनुमति प्रणाली इपिएस भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण


लेखक : सुन्दराञ्चल      अशोज ५, २०८१ मा प्रकाशित     
रोजगार अनुमति प्रणाली इपिएस भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण

काठमाडौँ :  आश्विन ५,रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणमा लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ९ सय ६५ जनामध्ये सिप परीक्षामा आठ हजार १ सय ५१ परीक्षार्थी उत्तीर्ण भएका हुन् । दोस्रो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय १४ जना सिप परीक्षामा अनुत्तीर्ण भए ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९ सय ३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३ सय २६ जना सहभागी भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको सिप परीक्षाका नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ ।
सो शाखाका अनुसार यसअघि पहिलो चरणमा लिएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७ सय ५३ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । पहिलो चरणमा परीक्षामा ४० हजार ५ सय ८० जना सहभागी भएकोमा भाषा परीक्षाा छ हजार ३ सय २१ जना उत्तीर्ण भएका थिए । पहिलो चरणमा कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ७ सय ४१ जना सिप परीक्षामा अनुत्तीर्ण भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार भार सयमध्येको हो ।
एचआरडी कोरियाले कोरिया जान रोस्टरमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको इपिएस शाखाले जनाएको छ । सो शाखाका दोस्रो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको सिप परीक्षणको सूचना केही दिनमै सार्वजनिक गरिने छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार परीक्षा सकिएलगत्तै नतिजा प्रकाशन गरिएको हो । आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ पुससम्म लाग्ने सो शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिए ।

उनले भाषा परीक्षाका लागि एक लाख ४३ हजार ८ सय १२ जनाले आवेदन दिएकोमा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको बताए । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap