चैत २९ केहीबेर रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको थियो ।
निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएपछि र मतदानस्थल प्रज्ञा भवनको सुरक्षा बढाएपछि मतदान पुनः सुरु भएको हो ।
महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।