रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि

मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ ।
उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याइरहेको छ । त्यसो त मकै आफैमा स्वादिलो र पोषिलो अन्न पनि हो । यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ ।
पहाडी क्षेत्रमा मकैको च्याख्ला बनाएर भात खाने गर्छन् । रैथाने उत्पादन भएकाले यो स्वादिलो एवं रसिलो हुन्छ । अहिले शहरी क्षेत्रमा मकैको ढिंडो खाने प्रवृत्ति व्यापक छ । शहरियाहरु रेष्टुरेन्टमै धाएर ढिंडो खाने गर्छन् । मकैको च्याख्ला, पिठो आदिबाट अनेक परिकार बन्छ ।
त्यसो त भुटेको मकै पनि निकै स्वादिलो हुन्छ । भुटेको मकै र त्यसलाई पिसेर सातु बनाएर खान सकिन्छ ।
मकैलाई पोलेर, भुटेर, उसिनेर तथा पिँधेर खान सकिन्छ । दूधे मकैको दूध निकालेर खीर बनाएर पनि खाइन्छ । मकैको परिकारलाई फलाहारी मानिन्छ तसर्थ चोखो खाँदा वा उपवास बस्दा समेत यसको प्रयोग हुन्छ । मकैलाई नेपालीहरूले वर्षौंदेखि विभिन्न तरिकाले सेवन गरिरहेका छन् ।

मकैका फाइदा

आयुर्वेदले मकैलाई तृप्तिदायक, वातकारक, कफ–पित्तनाशक, मधुर एवं रुचि उत्पादक अन्नको श्रेणीमा राखेको छ । मकैको महत्वपूर्ण विशेषता के छ भने पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ । पोलेको मकैमा पाइने क्यारोटिनाइड भिटामिन ए को राम्रो स्रोत मानिन्छ । मकैका परिकार पकाइसकेपछि त्यसमा हुने एन्टिअक्सिडेन्ट्स ५० प्रतिशतसम्म वृद्धि हुन्छ । यसले उमेर वृद्धिको लक्षण रोक्नुका साथै क्यान्सरसँग लड्नसमेत सहयोग गर्छ । पकाइएको मकैमा फोलिक एसिड हुन्छ जसले क्यान्सजस्ता रोगविरुद्ध लड्न सहयोग गर्छ ।

मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ । मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ, यसकारण यो मुटुरोगीका लागिसमेत राम्रो मानिन्छ । बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ । दूधे मकैका गेडालाई पिसेर सिसीमा भरी घाममा राख्ने । त्यसको दूधजति सुकेर उडेपछि तेल बाँकी रहन्छ जसलाई छोर एउा भाँडामा राख्ने । उक्त तेलले गोडा तथा पाइतालामा मालिस गर्दा गोडा बलियो हुन्छ र शिशु छिटै हिँड्न सुरु गर्छ ।

–ताजा मकैको गेडालाई पानीमा राम्रोसँग उमालेर त्यसलाई छानेर मिस्रीपानीमा मिसाएर पिउँदा पिसाब पोल्ने तथा मिर्गौलासम्बन्धी समस्या हटाउन सहयोग मिल्छ । मकै क्षयरोगीहरूका लागि फाइदाजनक मानिन्छ । टिबीका रोगी तथा टिबी रोग लाग्ने आशंका भएकाहरूले नियमित मकैको रोटी सेवन गर्दा उपचारमा सहयोग पुग्छ । मकैको जुँगा पत्थरीको समस्यामा उपयोगी हुन्छ । मकैको जुँगालाई रातभरि पानीमा भिजाई बिहान छानेर उक्त पानी पिउँदा वा त्यसलाई पानीमा उमालेर काढा बनाएर पिउँदा चमत्कारी फाइदा प्राप्त हुन्छ ।

मकैको पिठोबाट बनेका परिकार कलेजोका लागि पनि राम्रो मानिन्छ । यसमा पर्याप्त फाइबर हुने भएकाले पेट सफा रहन्छ । कब्जियत, पायल्स एवं पेटको क्यान्सर हुने सम्भावना समाप्त हुन्छ । मकैको पहेँलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ किनभने यसमा भिटामिन बी तथा फोलिक एसिड हुन्छ ।

छाला चिलाउने समस्यामा मकैको चिल्लोले राहत दिन्छ । साथै मकैको पिठो वा चिल्लोले अनुहर सफा गर्दा छाला मुलायम एवं सुन्दर बन्दछ । मकैमा भिटामिन सी, क्यारोटिनाइड एवं बायोप्mलेवनाइड पाइने भएकाले मुटु रोगीका लागि फाइदाजनक हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै रक्तसञ्चार सुचारु बनाउन सहयोग पु¥याउँछ । फोलिक एसिडको राम्रो स्रोत भएकाले गर्भवतीहरूले मकैको परिकार नियमित सेवन गर्नु लाभदायक हुन्छ ।

मकै खाएपछि बाँकी रहने खोयालाई भाँचेर सुँघ्नाले रुघामा राहत मिल्छ । मकैको खोयालाई सुकाउने । सुकेपछि पोलेर खरानी बनाउने । यसको खरानी नियमित मनतातो पानीसँग खाँदा साससम्बन्धी रोगमा लाभ मिल्छ । खोकीमा पनि राहत मिल्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap