रेल सञ्चालनका लागि कर्मचारीलाई तालिम,पूर्व कर्मचारीले गरे विरोध


लेखक : सुन्दराञ्चल      पुस २९, २०७८ मा प्रकाशित     
रेल सञ्चालनका लागि कर्मचारीलाई तालिम,पूर्व कर्मचारीले गरे विरोध

धनुषा  पुस २९,नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले करारमा भर्ना गरेका कर्मचारीलाई यस्तो तालिम दिलाइसकेका थिए । तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका हुन् ।

कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर्मचारी नियुक्त गरिएको भन्दै महाप्रवन्धक निरञ्जन झाले उनीहरुलाई हटाएका थिए । पहिलो चरणमा सहायक स्टेशन मास्टर पदका तालिम लिएका इन्द्रजित गोइतले आफूहरुले यस्तो तालिम लिइसकेको उल्लेख गर्र्दै आफूहरुलाई हटाएर नयाँ कर्मचारी भर्ना गरी फेरि तालिम सुरु गरिएको जनाए ।
उनले विगतमा आफूहरुले पनि एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत नदिई पुनः सोही तालिम अरुलाई दिनु अनुचित भएको बताए ।
त्यस्तै सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेका मञ्जय कुमार गोइतले पुराना जनशक्तिलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम सञ्चालन गरेको भन्दै आपित्त जनाए । उनले पुराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरे ।
यता महाप्रबन्धक निरञ्जन झाले भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरहरुमार्फत नयाँ नियुक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको जानकारी दिए । उनले यस तालिममा गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भईरहेको बताए ।
महाप्रबन्धक झाले कानुन अनुसार नयाँ कर्मचारी नियुक्त गरेको र नेपाल रेल्वे ऐन अनुसार तालिम सञ्चालन गरिरहेको बताए ।
ट रेल नेपाल–भारत सीमावर्ती क्षेत्र धनुषाको ईनर्वामा थन्क्याएर राखिएको छ । उक्त रेल सञ्चालन गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap