रेन्जर्ससँग रियल पराजित


लेखक : सुन्दराञ्चल      साउन ११, २०७८ मा प्रकाशित     
रेन्जर्ससँग रियल पराजित

११ साउन, काठमाडौं । प्रि(सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएपनि रियल रेन्जर्ससँग २(१ ले पराजित भएको हो ।

आइब्रोक्स स्टेडियममा भएको खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा रियलले अग्रता लिएपनि दोस्रो हाफमा रेन्जर्सले पुनरागमन गर्‍यो ।

५५औं मिनेटमा फाशीन साकलाले रेन्जर्सका लागि बराबरी गोल फर्काए ।

७६औं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा समेटियो ।

त्यसपछि ७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २(१ को जित दिलाए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap