रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन


लेखक : सुन्दराञ्चल      अशोज १५, २०७८ मा प्रकाशित     
रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन

हालैमात्र अभिनेत्री रिया चक्रवर्ती रियालिटी शो ‘बिग बोस १५’को सेट बाहिर शोका प्रतिष्पर्धी तेजस्विनी प्रकाश र दलजीत कौरका साथ देखिएकी थिइन् । उनी त्यहाँ देखिएपछि रिया ‘बिग बोस’को यो सिजनका लागि ‘लक’ हुन लागेको खबर सार्वजनिक भएको थियो ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि रिया सर्वाधिक चर्चामा आइन् । यस्तो अवस्थामा शोमा रियाको उपस्थिति टीआरपी बढाउन महत्वपूर्ण भूमिका खेल्ने निर्माताको बुझाइ छ । रियालाई निर्मातले प्रति एपिसोड ३५ लाख रुपैंयाँ पारिश्रमिक दिने निर्णय लिएका थिए ।

तर रिया कानूनी मुद्धामा फसेका कारण यो शोबाट पछाडि हट्नु परेको छ । सुशान्तको मृत्युपछि रिया र उनको भाई शौविकको नाम लागुऔषध मामलामा मुछिएको थियो । जसकारण उनी कैयौं दिनसम्म हिरासतमा बस्नु परेको थियो । अहिले यो मुद्धा अदालतमा विचाराधिन छ ।

रिया पुनः फिल्ममा फर्कन चाहन्छिन् । जसका लागि उनले दक्षिण भारतीय फिल्मका कैयौं निर्मातासँग भेटघाट गरिसकेकी छन् । कतिपयले फिल्ममा अभिनयका लागि उनले ‘बिग बोस’को प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन् । तर रियाले यो विषयमा केही बोलेकी छैनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap