रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
रासायनिक मल ल्याउने वातावरण बनाइदिन भारतसहित पाँच मुलुकसँग नेपालको आग्रह

१० भदौ, काठमाडौं । नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।

देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गहुँ सिजनलाई ग्लोबल टेण्डरबाट मल नआउने निश्चित भएपछि जोहो गर्न ती मुलुकसँगको छलफल तीब्र पारिएको मन्त्रालय स्रोतले बतायो । ‘यो सिजनलाई मल खरिदका लागि गरिएको १४ वटा टेण्डरबाट मल आएन, अभाव चिर्न कुटनीतिक प्रयास थालिएको हो । कम्तीमा पनि एक लाख ५० हजार मेट्रिकटन मल ल्याउन सकिए हुन्थ्यो’ एक अधिकारीले भने ।

अहिले धान, तोरी, तरकारी र गहुँ तथा मकैका लागि हाल्न देशैभर मल अभाव रहेको मन्त्रालयले जनाएको छ । ढिलोमा मंसिर पहिलो सातासम्म आइपुग्नेगरी युरिया र डीएपी गरी बढीमा एक लाख ७० हजार मेट्रिकटनसम्म मलको खोजी गरिएको मन्त्रालयको दाबी छ । परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ छ ।

चीनको अग्रसरता भारतसँग जीटूजी

मल खरिदका लागि प्रस्ताव गरिएका मध्ये भारत र चीन नै नेपालको पहिलो प्राथमिकता रहेको छलफलमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए ।

झण्डै दुई महिना भित्रै मल भित्र्याउन पर्ने बाध्यताका कारण पनि छिमेकी मुलुक प्राथमिकतामा परेको उनी बताउँछन् । नेपालाई चाहिने मल बिक्रीका लागि चिनियाँ कम्पनीले चासो देखाएको तर मुल्यबारे कुरा मिलेको छैन् ।

यस्तै गत वर्ष नै अघि बढाइएको भारतसँगको जीटूजी ब्युँताएर मल भित्र्याउन पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ । सत्ता परिवर्तनसँगै सेलाएको भारतसँगको जीटूजीबारे प्रधानमन्त्री तहबाटै परामर्श सुरु भएको र नेपालस्थित भारतीय दूतावासलाई पनि सहजीकरणका लागि आग्रह गरिएको छ । चीन र भारतबाट सम्भव नभए अन्य विकल्पमा पनि छलफल गरिने मन्त्रालयले जनाएको छ ।

धान र गहुँको लागि भन्दै कृषि सामग्री र साल्टले एक लाख ३० हजार मेट्रिकटन मलको खरिद सुरु गरेपनि यो सिजन मल आउन सकेको छैन् ।

कृषि सामग्रीको ६० हजार मेट्रीकटन युरिया, साल्ट ट्रेडिङको ५० हजार यूरिया र साल्ट ट्रेडिङकै २० हजार मेट्रिकटन युरिया मलको ठेक्का पाएको एउटै कम्पनी जोशी बिजले उक्त मल नल्याएको हो । कुल पाँच अर्ब हाराहारीको उक्त ठेक्काबाट एक किलो पनि मल नआएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap