राष्ट्रिय समाचार समिति सुदूरपश्चिमले ६३ औँ वार्षिकोत्सव मनायो


लेखक : सुन्दराञ्चल      फाल्गुन ८, २०८० मा प्रकाशित     
राष्ट्रिय समाचार समिति सुदूरपश्चिमले ६३ औँ वार्षिकोत्सव मनायो

धनगढी फागुन ८,राष्ट्रिय समाचार समिति सुदूरपश्चिमले ६३ औँ वार्षिकोत्सव मनाएको छ । धनगढीमा मंगलबार “सुशासन र समृद्धिका लागि रासस” विषयक अन्तरक्रिया कार्यक्रम गर्दै रासस सुदूरपश्चिम प्रदेशले ६३ औँ वार्षिकोत्सव मनाएको हो । राष्ट्रिय समाचार समिति सुदूरपश्चिमका प्रमुख सिद्धराज भट्टको अध्यक्षत्यतमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी रहेका थिए ।
कार्यक्रममा बोल्दै सभामुख भण्डारीले राससले अहिले सम्म जसरी निष्पक्ष कलम चलाएको छ त्यसरी त्यसलाई निरन्तरता दिनुपर्ने बताए । राससले अहिले सम्म आफ्नो स्वाभिमान र अडानलाई लामो समय सम्म बचाइरहेको उनले बताए । उनले आगामी दिनमा पनि यसरी नै काम गर्नु पर्ने सुझाव दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन मिडियाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सुशासन र समृद्धिका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा बोल्दै काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले मिडिया राष्ट्रको चौँथो अंग भएको बताए । अहिले धेरै सञ्चार माध्यमले कपोलकल्पित समाचार लेख्ने गरेकोले यस्ता कार्य नियन्त्रण गर्न जरुरी रहेको उनले बताए । राष्ट्रिय समाचार समितिले राष्ट्रकै सबै भन्दा विश्वसनीय समाचार प्रदान गर्ने संस्था रहेको समेत उनले बताए । उनले थपे यसले राज्य सञ्चालनका सम्पूर्ण निकायलाई सुसूचित गराउने गर्दछ । लोकप्रियताको लागि पत्रकारिता राम्रो होइन ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले राससले लामो समय देखि सञ्चार क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सञ्चार माध्यमले सत्य तत्थ सूचना दिन चुक्नु नपार्ने उनले बताए । सूचना दिनमा पत्रकारले आफूले लेखेको समाचारमा सत्य तत्थ र निष्पक्ष छ कि छैन भन्ने कुरा बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेका छन् । अहिले सबै फेसबुक पेज खोलेर आफू पत्रकार भन्दै मिडियाको बद्नाम गरिरहेकाले यस्ता कार्य नियमन गर्नु जरुरी रहेको छ । सबै पत्रकार यसबाट सचेत रहनु पर्ने उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, जिल्ला अध्यक्ष हिमालय जोशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन राससकी घोडाघोडी संवाददाता इन्दु केसीले गरेकी थिइन् भने स्वागत मन्तव्य राससका अत्तरिया संवाददाता सुरेन्द्र ताम्राकारले राखेका थिए । कार्यक्रममा पत्रकारहरूको सहभागिता रहेको थियो । No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap