राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरुले के भने ?


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरुले के भने ?

काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरुलाई बर्खास्त गर्ने र विद्यार्थीलाई कुटपिट गरी तनाव सिर्जना गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराईन् । उनले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाइएको भन्ने घटनाको यथार्थताको पनि जानकारी माग गरिन् ।

सांसद शान्तिकुमारी अधिकारी जिसीले बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक खण्ड पिच नहुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै ०७८ सालभित्रै काम सक्नेगरी सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग माग गरिन् ।

सांसद शेरबहादुर कुँवरले महाकाली नदीको तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई ड्रोनमार्फत खोज्ने भनिएको भएपनि भारतीय सिमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको भन्दै सरकारले भारत सरकारसँग गरेको पहल सदनलाई जानकारी गराउन माग गरे ।

सांसद सिंहबहादुर विश्वकर्माले रत्नपार्कमा रहेको अस्थायी बसपार्क हटाउँदा दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लाबाट आउने सर्वसाधारणहरु गन्तव्यमा पुग्न नपाइ अलपत्र परेका भन्दै यातायात व्यवस्थालाई सरल र शुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद सुमित्रा कुमारी बिसीले रुकुमपश्चिम त्रिवेणी गाउँपालिकामा मनकुमारी खड्काको हत्या भएको दुईहप्ता पुगिसकेको उल्लेख गर्दै यस घटनाको यथार्थ पत्ता लगाइ दोषीलाई कारबाही गर्न माग गरे । यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले सदनमा जानकारी गराउनुपर्ने पनि उनको माग छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
Copy link
Powered by Social Snap