राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०८० मा प्रकाशित     
राष्ट्रिय टोलीमा चार खेलाडीको डेब्यु

९ चैत, मानमा बहराइन । फिफा विश्वकप छनोट अन्तर्गत बिहीबार बहराइन विद्ध भएको खेलमा नेपालक लागि चार खेलाडीले डेब्यु गरेका छन् ।

बहराइनको रिफास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालका चार खेलाडीले सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । नेपाली टोलीमा यस पटक नयाँ खेलाडीहरु धेरै भएकोले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले चार नयाँ खेलाडी खेलाएका छन् ।अभिषेक लिम्बु, सौभाग्य (सन्जित) राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका हुन् ।अभिषेक, सौभाग्य र समिरले पहिलो पटक राष्ट्रिय टिममा पर्दा नै डेब्यु वगर्ने अवसर पाएन । अझ अनुभवी खेलाडी रोहित चन्द नहुँदा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गरेका थिए ।

यस्तै सौभाग्य राई हाफ टाइममा सुमित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

युवा फरवार्ड समिर ७९औं मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।  समिरले केही महिनाअघि घरेलु मैदानमा साफ यू१९ च्याम्पियनसि खेलेका थिए । यस्तै केही समयमभए भएको चीनको प्रान्तिय युवा टोली विरुद्ध पनि समिरले खेलेका थिए । तर समिरले बहराइन विरुद्ध भने धेरै समयम मैदानमा बिताउन भने पाएनन् ।

उनैलाई रिप्लेस गर्दै  अर्का फरवार्ड सन्जिवले ८८औं मिनेटमा डेब्यु गरे । लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका भरत खवासले पनि ८८औं मिनेटमा मनिष डाँगीको स्थानमै मैदान प्रवेश गरेका थिए ।

समूह एच अन्तर्गत आफ्नो तेस्रो खेल खेलेको नेपाल बहराइनसँग ५-० ले पराजित भयो । घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालले आफ्नो होम म्याच बहराइन आएर खेल्नुपरेको हो ।

नेपालका मुख्य प्रशिक्षक एनेसले नयाँ खेलाडीले अवसर पाउनु राम्रो कुरा रहेको बताए ।

‘यस खेलमा नयाँ खेलाडीलाई खेल्ने अवसर दियौँ त्यसमा खुशी छौँ ।’ उनले पोष्ट म्याच कन्फेरेन्समा भने ।

अन्जन विष्ट घाइते हुँदै सुरुमै निस्कनुपरेपछि नेपालले कप्तान किरण कुमार लिम्बु र डिफेण्डर अनन्त तामाङ बाहेक अरु सबै युवा र कम अनुभवी खेलाडी थिए ।

अनुभवी खेलाडी थोरै हुँदा त्यसको असर समेत परेको प्रशिक्षक एनेसले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap