राष्ट्रियता भन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं मदनकुमारी शाह ‘गरिमा’


लेखक : सुन्दराञ्चल      माघ २८, २०७८ मा प्रकाशित     
राष्ट्रियता भन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं मदनकुमारी शाह ‘गरिमा’

अछाम माघ २८ ( नेकपा एकीकृत समाजवादी नेतृ तथा राष्ट्रियसभा सदस्यकी मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

राष्ट्रियता भन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौँ, राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

अछाममा कार्यकर्ता भेटघाटमा पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap