राष्ट्रपति भन्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
राष्ट्रपति भन्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएकाे राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छिन्। सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap