राष्ट्रपति पौडेलले पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन आग्रह


लेखक : सुन्दराञ्चल      अशोज ६, २०८० मा प्रकाशित     
राष्ट्रपति पौडेलले पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन आग्रह

असोज ६, राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिलले निष्पक्ष र स्वतन्त्र भूमिका वहन गर्नुपर्ने सुझाएका छन्।आज प्रेस काउन्सिल नेपालको ५४औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने बताए।

राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौं कष्टले बितेको स्मरण गरे। निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि प्रेस स्वतन्त्रताका पक्षमा अटल विश्वास र समर्पण सधैं रहँदै आएको उनको भनाइ थियो।

‘समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भएर÷नभएको अनुगमनलगायत जिम्मेवारी वहन गर्दै आइरहेका छन्’, राष्ट्रपति पौडेलले भने।

सामाजिक सञ्जालको तीव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तुले कतिपय बेला अन्योल सिर्जना भइरहेको भन्ने गुनासो सरोकारवालाबाट सुनिने गरेकाले काउन्सिलले यसतर्फ ख्याल गर्नुपर्ने उनले धारणा व्यक्त गरे।

उनले राम्रो काम गर्ने पत्रकारलाई पुरस्कृत, सम्मान गर्ने र गर्न नसक्नेलाई राम्रो गर्नेतर्फ उत्प्रेरित गर्ने स्वायत्त संस्था काउन्सिल भएकाले आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गरे।

स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सिर्जना गरी यस क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन स्थापित काउन्सिलले स्थापना दिवस मनाइरहेकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरे।

‘लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अंगका रूपमा लिइन्छ। कुनै पनि मुलुकको लोकतन्त्र कति सुदृढ छ भन्ने विषय त्यस देशको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाले निर्धारण गरेको हुन्छ’, उनले भने, ‘तसर्थ हाम्रो संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रुपले प्रत्याभूत गर्ने व्यवस्था गरिएको हो।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap