रावलको मृत्युको घटना छानबिन हुनुपर्छ : एमाले अछाम


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
रावलको मृत्युको घटना छानबिन हुनुपर्छ : एमाले अछाम
धनगढी-अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ काँडाकोटका धनबहादुर रावतको असामयिक निधनबारे नेकपा एमाले अछामले शोक व्यक्त गरेको छ ।
अछाम जिल्ला इन्चार्ज झपट बोहराले एक विज्ञप्ति जारी गर्दै मृतक रावतको आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले कुशल संगठक, नैतिकवान्, आदर्शवाद, निष्ठावान्, जुझारु, अनुभवी तथा अगुवा नेता कमरेड सदस्य गुमाएको छ । पार्टीको लागि यो क्षति अपूरणीय रहनेछ ।’
No description available.
रावतको मृत्यु अस्वाभाविक देखिएकोले निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
रावत असोज ४ गते जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत रातिदेखि बेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा शव सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएको हो ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap