रावलको मृत्युको घटना छानबिन हुनुपर्छ : एमाले अछाम


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
रावलको मृत्युको घटना छानबिन हुनुपर्छ : एमाले अछाम
धनगढी-अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ काँडाकोटका धनबहादुर रावतको असामयिक निधनबारे नेकपा एमाले अछामले शोक व्यक्त गरेको छ ।
अछाम जिल्ला इन्चार्ज झपट बोहराले एक विज्ञप्ति जारी गर्दै मृतक रावतको आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले कुशल संगठक, नैतिकवान्, आदर्शवाद, निष्ठावान्, जुझारु, अनुभवी तथा अगुवा नेता कमरेड सदस्य गुमाएको छ । पार्टीको लागि यो क्षति अपूरणीय रहनेछ ।’
No description available.
रावतको मृत्यु अस्वाभाविक देखिएकोले निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
रावत असोज ४ गते जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत रातिदेखि बेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा शव सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएको हो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap