राना थारु समुदायद्धारा विरोध प्रदर्शन


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
राना थारु समुदायद्धारा विरोध प्रदर्शन

धनगढी, २८ भाद्र । सुदुरपश्चिम प्रदेसको अस्थायी राजधानी धनगढीमा राना थारु समुदायले प्रदर्शन गरेको छ । प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध सोमबार धनगढीमा ¥यालीसहित विरोध सभा गरिएको हो ।

नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध ¥यालीसहित विरोध सभा गरिएको हो ।रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप धनगढीमा ¥यालीसहित विरोध सभा गरिएको आयोजकले जनाएको छ ।

यस प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन् । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन आग्रह गरेका थिए ।

उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोध समेत जनाएका छन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap