राति सुतेका पुरूष बिहान मृत फेला


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७८ मा प्रकाशित     
राति सुतेका पुरूष बिहान मृत फेला

धनगढी चैत्र ९  कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी मदिरा सेवन गरी राति सुतेका पुरूष बिहान मृत फेला परेका छन्। कैलालीकै भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी रहेको प्रहरीले बताए।

४० वर्षीय रामबहादुर चौधरी मंगलबार साँझ साथीहरू ‘लिची’ ब्राण्डको मदिरा सेवन गरेर सुतेका रामबहादुर बुधबार बिहान अबेर नउठेपछि उनका साथी किरण चौधरीले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जयपृथ्वी नगरपालिका १० चौगाई टोलमा बस्दै आएका रामबहादुर एक महिनादेखि दरमुकाम चैनपुरमा मजदुरी काम गर्दै आएका थिए।

मृतक रामबहादुर चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लाने तयारी गरिएको छ। रामबहादुरले बढी मदिरा बढी सेवन गरेकाले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी विष्टले जानकारी दिए घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap