‘रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुवैको लागि हानिकारक छ,


लेखक : सुन्दराञ्चल      साउन ३०, २०७९ मा प्रकाशित     
‘रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुवैको लागि हानिकारक छ,

काठमाडौं साउन ३०,  । हास्य कलाकार मनोज गजुरेल भन्ने गर्छन्, ‘रक्सी पिउनु स्वास्थ्य र स्वास्नी दुवैको लागि हानिकारक छ ।’

अक्सर कतिपय श्रीमानमा रक्सीको लत हुन्छ । महिलाहरु पनि रक्सी नपिउने होइनन् । तर तुलनात्मक रुपमा पुरुषहरु बढी रक्सीको लतमा परेको देखिन्छ ।

मनोविद् करुणा कुँवर भन्छिन्, ‘पितृसत्तात्मक संरचनामा पुरुषहरु हरेक कुरामा हाबी हुन खोज्छन् । उनीहरु बढी स्वतन्त्र र शक्तिको उपभोग गर्ने चाह राख्छन् । पुरुषले रक्सी पिउनुमा पनि यही मनोविज्ञानले बढी काम गरेको छ ।’

चाडपर्व, भोजभतेर, साथीभाइको जमघटमा प्राय: पुरुषहरु रक्सीको साथ खोज्छन् । जब कसैले रक्सी पिउँछन्, उसको मस्तिष्कले डोपामाइन हर्मोन उत्सर्जन गर्छ । यसले रक्तप्रवाह बढाउँछ, मुटुको गति बढाउँछ । यही कारण मान्छेमा आवेग र उत्तेजना बढ्छ ।

ठीक यही स्थितिमा हो, मान्छेको बोली र व्यवहार अनियन्त्रित हुने । यसरी नै साँझ अनियन्त्रित रुपमा जब श्रीमानको प्रवेश हुन्छ, घरको माहोल बिथोलिन्छ । एक किसिमको त्रास र तनावको स्थिति पैदा हुन्छ । बालबच्चाहरु डराउँछन् ।

पारिवारिक सुख बिथोल्छ

सामान्य हिसाबले त यो एक पेय मात्र हो । तर रक्सी पिउने जुन प्रवृत्ति छ, त्यसले सुन्दर पारिवारिक संरचनालाई नै ध्वस्त बनाउँदै लगेको हुन्छ । यसले पारिवारिक व्ययभार बढाउँछ ।

रक्सी आफैंमा महंगो पेय हो । अर्कोतिर यसले तनावको स्थिति सिर्जना गर्छ । ‘रक्सी पिएपछि अक्सर मान्छेहरुमा उत्तेजना, क्रोध पैदा हुन्छ,’ मनोविद कुँवर भन्छिन्, ‘यसले पारिवारिक कलह निम्त्याउँछ ।’

रक्सी पिएपछि घरका अरु सदस्यहरु आनन्दित र शान्त रहन सक्दैनन् । उनीहरुलाई पीर पर्छ ।

उनी भन्छिन् ‘यसको अर्को साइड इफेक्ट भनेको, ढिलो चाँडो रक्सी पिउनेलाई रोगले च्याप्छ । रोगले च्यापेपछि परिवारको आर्थिक बोझ बढ्छ । तनाव र दुःखले घरमा प्रवेश गर्छ ।’

रक्सीले एकातिर आर्थिक बोझ थपिदिन्छ भने अर्कोतिर आफ्नो स्वास्थ्यलाई कमजोर बनाउँदै लैजान्छ । जसले गर्दा उनीहरुले पारिवारिक दायित्व राम्ररी निर्वाह गर्न सक्दैनन् ।

शारीरिक र मानसिक रोगी

बेलामौकामा रक्सी पिउनु सामान्य भए पनि यसलाई कतिपयले लतकै रुपमा लिएका हुन्छन् । यदि कोही नियमित रक्सी पिउँछन् भने उनीहरु शारीरिक र मानसिक दुवै रुपले स्वस्थ हुँदैनन् । रक्सीले मानिसको मस्तिष्कलाई असर गर्ने, सोच्ने क्षमतामा कमी आउने आदि समस्या हुन सक्छ ।

वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा भन्छन्, ‘रक्सी रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । अनि मस्तिष्कसँग सम्बन्धित समस्या देखा पर्न थाल्छ ।’

रक्सी पिउने मान्छेको तार्किक, सोच्ने क्षमता कमजोर हुन्छ । यसैले उनीहरु सही ढंगले काम व्यवहार गर्न सक्दैनन् ।

बालबालिकामा भय   

घरका सदस्य वा बुवाले रक्सी पिएपछि त्यसले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने मनोविद् कुँवर बताउँछिन् । रक्सी पिएपछि उनीहरु सही ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् । उनीहरुको बोली, व्यवहार भड्किलो हुन्छ । झैझगडा गर्न तम्सिन्छन् । यसले गर्दा बच्चाहरुमा भय पैदा हुन्छ ।

रक्सीले घरको वातावरण बिगार्छ । यसले गर्दा बच्चाहरु आफ्नो पढाइ वा काममा राम्ररी ध्यान दिन सक्दैनन् । उनीहरुको खानपान र निद्रा बिथोलिन्छ । उनीहरुको मनोबल पनि कमजोर हुँदै जान्छ ।

त्यति मात्र होइन, घरपरिवारमा रक्सी खाने व्यक्ति छन् भने उनीहरुका छोराछोरीले पनि त्यसको सिको गर्छन् ।

यौन जीवनमा भाँजो

रक्सी पिएपछि मान्छे शारीरिक र मानसिक रुपमा शिथिल हुन्छन् । यसले दम्पतीबीचको यौन जीवनमा पनि भाँजो हाल्छ ।

मदिराको असरले यौन इच्छामा कमी आउने वा यौनाङ्ग शिथिल हुने समस्या हुन्छ । साथै उनीहरुले यौनबाट आनन्द वा सन्तुष्ट लिन सक्दैनन् । त्यसैले रक्सीको कारण दम्पतीको यौन जीवन बिथोलिन्छ ,अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap