यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ऐन नगर सभाबाट पारित


लेखक : सुन्दराञ्चल      माघ ५, २०८१ मा प्रकाशित     
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ऐन नगर सभाबाट पारित

कैलालीको गोदावरी नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि कानुन निर्माण गरेर नगर सभाबाट पारित गरेको छ । स्थानीय सरकार गठन भएको सात वर्ष वित्न लाग्दा समेत स्थानीय तहले आवश्यक ऐन निर्माण गर्न सकेको छैन । सुदूरपश्चिममा यो कानुन बनाउनेमा गोदावरी नगरपालिका पहिलो हो । विभिन्न संघ संस्थाको सहयोगमा नगरपालिकाले उक्त कानुन निर्माण गरेको नगर उपप्रमख शारदादेवी रोकायाले जानकारी दिनुभयो । लामो समयको छलफल र बहसपछि कानुन निर्माण गरेको रोकायाको भनाई छ । ‘गोदावरी नगरपालिका सुरक्षित मातृत्व तथा प्रजनन् अधिकार २०८१’ कानुन नाम दिएको छ ।  एक कार्यक्रमका बीच महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) ले नगर उपप्रमख शारदादेवी रोकाया र स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीलाई कानुनको ड्राप्ट हस्तान्तरण गरेको हो । हस्तान्तण कार्यक्रममा पालिकामा यौन तथा प्रजनन् स्वास्थ्यमा कानुन बन्दा महिला र किशोरीहरुलाई राहत हुने उप प्रमुख रोकायाले बताउनु भयो । महिला, कानुन र विकास मञ्च, केयर नेपाल, सिआरआर र निड्स संस्थाको सहकार्यमा कानुन निर्माण भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताउनु भयो । अवस्थीले भन्नु भयो “थुप्रै ठाउँमा छलफल भएर कानुन निर्माण भएको छ’ ‘कर्मचारीहरुलाई पनि काम गर्न सहज हुनेछ ।’ पालिकाहरुमा थुप्रै मुद्धा, मामिला हुन्छ , यो कानुनले सेवा दिन सहज हुने छ”े । यस्तै, कार्यक्रममा संविधानमा प्रजनन् अधिकारका बारेमा उल्लेख भए पनि त्यसको प्रभावकारीता नदेखिएको अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो । उहाँले बनेको कानुनलाई छिट्टै कार्यान्वन गर्न पालिकालाई सुझाव दिनुभयो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap