यस वर्ष बाजुरामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक


लेखक : सुन्दराञ्चल      बैशाख २, २०८१ मा प्रकाशित     
यस वर्ष बाजुरामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

बाजुरा बैशाख २ ,यस वर्ष नयाँ शैक्षिकसत्र सुरु हुन अगावै बाजुराका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष भने शैक्षिक सत्र सुरु हुनु अगावै एक महिना अगाडी पाठ्यपुस्तक पाएका हुन्।

बाजरा जिल्लाको तल्लो क्षेत्रका बुढीगंगा, त्रिवेणी र बडिमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल गाउँपालिकाका सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्‍याएको हो।

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ। यहाँका बुढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ।

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको त्रिवेणी नगरपालिका रत्न माविका शिक्षक जनक थापाले बताए ।
शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने शिक्षक थापाले बताए। समयमै पुस्तक पुगेसँगै शैक्षिक सत्र सहज रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो। आगामी शैक्षिक सत्र ०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको शिक्षक थापाले जानकारी दिए।

जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ। जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सातले पुस्तक लिइसकेका छन् भने एक लिने क्रममा छ।

बाजुरामा २००८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय ६ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए। सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका र बाँकी केही दिनमा पुग्ने उनले जानकारी दिए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap