यति बेला गायक(गायिकालाई मेला महोत्सवको चटारो


लेखक : सुन्दराञ्चल      पुस १९, २०८० मा प्रकाशित     
यति बेला गायक(गायिकालाई मेला महोत्सवको चटारो

पुष १९, यतिबेला देशैभरि मेला महोत्सवको सिजन छ । पूर्वदेखि पश्चिम नेपालसम्म महोत्सव आयोजना भइरहेका छन् । यो मेसोमा कलाकारलाई भ्याइनभ्याइ छ । लोकदोहोरी, आधुनिक, पप र हिपहप गायक-गायिकालाई मेला महोत्सवको चटारो छ ।

कलाकारले दैनिकजसो सामाजिक सञ्जालबाट मेला महोत्सवका सांगीतिक प्रस्तुतिको तस्वीर पोस्ट गरिरहेका छन् । अहिले चलेका कुनै पनि एक कलाकारले एक महिनासम्म कम्तीमा १५ देखि २० महोत्सवमा सांगीतिक प्रस्तुति दिन्छन् ।

कमाइ र दर्शकमाझ पहुँचका हिसाबले यो आकर्षक अवसर समेत हो । अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, एलिनचौहानदेखि लोकदोहोरीका प्रकाश सपुत, पशुपति शर्मा, पुष्कल शर्मा, खेम सेन्चुरी, बद्री पंगेनी, शान्तिश्री परियार डिमान्डेड कलाकार हुन् ।

प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, हेमन्त शर्मालगायत सुगम संगीतका लोकप्रिय कलाकार पनि महोत्सवमा पुगिरहेका छन् । शिव अहिले अमेरिका टुर र प्रकाश बेलायतको सांगीतिक टुरमा छन् । सांगीतिक ब्याण्डदेखि पछिल्ला छिमलका र्‍यापर भिटेन, दोङलाई पनि मेला महोत्सवमा भ्याइनभ्याइ छ ।

हेटौंडाको थाहा महोत्सवदेखि सुरु भएको रचनाको यस पटकको महोत्सवको दौडाहा एक दर्जनभन्दा बढी नाघेको छ । त्यसयता उनले गुल्मी, कपिलवस्तु, पोखरा, मोरङ, कैलालीको लम्की, विराटनगर, पोखराको लेखनाथ, बागलुङको गलकोट, झापाको बिर्तामोड, हेटौंडा, भैरहवा, दाङ, नेपालगञ्ज महोत्सवमा प्रस्तुति दिएकी छन् । तमु समाज ओमानको कार्यक्रममा सहभागी उनी बिहीबार त्यसतर्फ उडेकी छन् ।गायिका समीक्षा अधिकारी पनि व्यस्तमध्ये पर्छिन् । उनले यसबीचमा बागलुङ, पोखरा, गुल्मी, कर्णाली र नेपालगञ्जमा उनले प्रस्तुति दिइसकेकी छन् । अहिलेकी अर्की चर्चित गायिका अस्मिता अधिकारीले बागलुङ, बिर्तामोड, इलाम, बिराटनगर, ताप्लेजुङ, हेटौंडा, सुदुरपश्चिम, कपिलवस्तु र मकवानपुरको थाहा महोत्सवमा सहभागिता जनाइन् । यसबीच उनले केही मुलुकमा समेत प्रस्तुति दिइन् ।

एलिना चौहान पनि यतिबेला निकै व्यस्त छिन् । सामाजिक सञ्जालमा उनीहरुले पोस्ट गरेका तस्वीर हेर्दा उनीहरुको व्यस्तता प्रष्ट हुन्छ । गायक प्रमोद खरेलको व्यस्तता पनि चर्को छ । भ्वाइस अफ नेपाल सिजन ५ को फिनाले नजिकिंदै गर्दा उनी फुर्सद निकालेर महोत्सवमा पुगेका हुन्छन् ।बुधबार बागलुङ महोत्सवमा पुगेका खरेल बिहीबारको झापाको गोलधापमा प्रस्तुति दिंदैछन् । पोखरामा न्यु इयर २०२४ देखि सुरु भएको सांगीतिक माहोल जनवरीसम्मै कायम हुनेछ । लाइनअप हेर्दा चलेका पपगायक र र्‍यापरले पनि तालनगरीमा प्रस्तुति दिंदैछन् ।  अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap