म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो

२५ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् ।

प्रिमियर लिगमा युनाइटेडले शनिबार घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्दैछ । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए ।

‘म सक्षम छु, म अगाडि बढ्न तयार छु।’ रोनाल्डोले क्लबको अफिसियल वेबसाइटसँग भनेका छन् ।

युनाइटेडमा यसअघि ६ वर्ष बिताएका ३६ वर्षीय रोनाल्डोले २९२ खेलमा ११८ गोल गरिसकेका छन् ।

युनाइटेडले रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्सबाट १२.८ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो । यसलाई यो सिजनकै सबैभन्दा सनसनीपूर्ण ट्रान्सफर भनिएको छ । युनाइटेडको छिमेकी म्यानचेस्टर सिटी पनि रोनाल्डोलाई भित्र्याउन इच्छुक थियो ।

पोर्चुगिज स्टार रोनाल्डोले युनाइटेडमा पुन: ७ नम्बरकै जर्सी लगाउनेछन् । सन् २००३ देखि २००९ सम्म युनाइटेडमा खेल्दा रोनाल्डोले ३ प्रिमियर लिग, १ च्याम्पियन्स लिग, २ लिग कप र १ एफए कपको उपाधि जितेका थिए । यस्तै फिफा क्लब विश्वकप र कम्युनिटी शिल्डको उपाधि पनि जितेका थिए ।

रोनाल्डो २००९ मा स्पानिस क्लब रियलम ड्रिड लागेपछि पनि युनाइटेडले ट्रफीहरु जितेको थियो । तर २०१२-१३ को सिजनयता युनाइटेडले प्रिमियर लिग जित्न सकेको छैन ।

‘त्यसैले त म्यानचेस्टर आएको हुँ ।’ रोनाल्डोले भने, ‘म यहाँ बिदा मनाउन आएको होइन ।’

रोनाल्डोले आफू जित्नकै लागि युनाइटेड आएको बताए । ‘जित्नु महत्वपूर्ण कुरा हो र मैले धेरै वर्षअघि यसअघि यहाँको जर्सी लगाइसकेको छु । तर म यहाँ फेरि जित्न आएको हुँ ।’ रोनाल्डोले भने ।

‘यो मेरो लागि, समर्थकका लागि, क्लबका लागि एक स्टेप अघि बढ्ने यो राम्रो अवसर हो ।’ उनले भने, ‘म तयार छु र मेरो विचारमा अबको ३-४ वर्षमा युनाइटेडका लागि ठूलो विषय बन्नेछु ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap