‘म फिल्मको स्टार हुँ, फिल्म मात्र खेल्छु भन्ने अवस्था छैन’: करिश्मा मानन्धर


लेखक : सुन्दराञ्चल      साउन १४, २०७८ मा प्रकाशित     
‘म फिल्मको स्टार हुँ, फिल्म मात्र खेल्छु भन्ने अवस्था छैन’: करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् । अनलाइनखबरसँगको कुराकानीमा करिश्माले भनिन्–‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी के छ र ? अहिले ओटीटी प्लेटफर्ममा कती राम्रा चलचित्र आएका छन् । ती, चलचित्रमा स्टार कलाकारले काम गरेका
छन् । मुख्यकुरा दर्शकमाझ पुग्नुपर्छ हामी । गीतसंगीतले पनि दर्शकमाझ हामीलाई पुर्याइरहेका छन् ।’

करिश्माले पछिल्लो समय म्यूजिकविनाका चलचित्र पनि बन्न थालेको तर्क गरेकी छिन् । उनले भनिन्–‘म्युजिकको सम्बन्ध जीवनसँग छ । आखिर, एउटै भिडियोमा करोडौं भ्यूज किन आउँछ भन्दा मानिसले मन पराएर त हो । चलचित्रले पुर्याउन नसकेका दर्शकसम्म हामी भिडियोको माध्यमबाट पनि पुगेका छौं । अहिले चलचित्र ठूलो, भिडियो सानो भनेर बस्ने अवस्था नै छैन । जसले जे गर्दा पनि हुन्छ र राम्रो गर्नुपर्छ ।’
नायिका करिश्मा मानन्धरको अभिनय लकडाउनपछि निर्माण भएका केही म्यूजिक भिडियोमा दर्शकले हेर्न पाएका छन् । करिश्माले राजेश हमाल, हरिवंश आचार्यदेखि पल शाह, केकी अधिकारी लगायतका कलाकारसँग भिडियोमा काम गरिसकेकी छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap