म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
म्यानचेष्टर सिटी पहिलो खेलमै पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो । यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्नसक्ने सन्देश दिएको छ । केनलाई म्यान्चेस्टर सिटीले आफ्नो टोलीमा भित्र्याउने प्रयास गरिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले न्युकायसल युनाईटेडलाई ४–२ ले हरायो ।

बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडको विजयी शुरुवात
स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडले विजयी शुरुवात गरेका छन् । झण्डै दुई दशकपछि लियोनल मेस्सीबिना रहेको बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनाले १९औं मिनेटमा जेरार्ड पिक्यूको गोलबाट अग्रता लियो ।

त्यसपछि मार्टिन ब्रेथवेटले पहिलो हाफको इञ्जुरी समय र ५९औं मिनेटमा गरेर दुई गोल गरेपछि बार्सिलोनाले खेलमा ३–० को अग्रता बनायो । रियल सोसिडाडका लागि ८२औं मिनेटमा जुलेन लोबेटे र ८५औं मिनेटमा मिकेल ओएरजाबेलले गोल थपे ।

त्यस्तै इञ्जुरी समयमा सर्जियो रोबर्टोले गोल गरेपछि बार्सिलोना समग्रमा ४–२ ले विजयी भयो । ला लिगाकै अन्य खेलमा सेभियनले रायो भालेकानोलाई ३–० र एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई २१ ले हराए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap