मौरी पालेर मनग्य आम्दानी गर्दै लम्कीचुहा मोतीपुर २ का भावेश


लेखक : सुन्दराञ्चल      मंसिर २४, २०८० मा प्रकाशित     
मौरी पालेर मनग्य आम्दानी गर्दै  लम्कीचुहा  मोतीपुर २ का  भावेश

महादेव गिरी सवाददाता

मंसिर २४,

कैलालीको लम्कीचुहा नगरपालिका –२ मोतीपुर घर भएका भावेश उपाध्यायले घरमै घार र काठको परम्परागत घार ९डुँड० बनाएर मौरीपालन गरेका छन् ।

विसं २०७४ सादेखि परम्परागत आधुनिक गरी जजुली, चिउरी, जंगली एपिसेरेना जातको मौरीैपालन सुरु गरेका २५ वर्षीय भावेशले एक बषर्मा कम्तीमा एक सय भन्दाबढी केजी मह बिक्री गर्छन । पाँच सय मिलिलिटरको केजी मा भरिएको मह प्रति केजी रु जंगलीलाइ एक हजार ,जाजुलीलाई १२ सय चिउरीलाई ९ सय बिक्री गर्ने गरिएको भावेशले बताउँछन्

हाल भावेशको घरमा १०० घाँर बाट प्रतेक बाट मह निकालिएमा एकै पटक मनग्य आम्दानी हुने उनले बताए । भावेशले वर्षको छ पटक
मह निकाल्ने गरेका छन् । गत कात्तिकदेखि हालसम्म एक सय ५० केजी मह बिक्री भइसकेको भावेशले जानकारी दिए । ‘फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ ७ जनाको परिवार चलिरहेको छ’, भावेशले भने,
‘आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।’भावेशले बताए ।
मह काढ्ने समय भएपछि भावेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राखेछन्। ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् ।

व्यावसायिक मौरी पालनका लागि भावेश पुरानो घरको बारीमा घााँर बनाएर १०० ओटा काठका मैरीका घार बनाएको उनी बताउछन् आधुनिक घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ’, उनले भने, ‘कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचाको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु । लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।’

भावेश बताउन्छन् आप्mनो मह काडमाण्डौ ,पोखरा, गोरखा, दाँग, कैलाली,बुटोल, बाँके, आदी स्थानमा आप्नो मह जाने गरेको उन बताए । ’, उनले भने, ‘धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । सरकार निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु ।’उनले बताए ।

जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन् । त्यही कारण पनि भावेशलाई मौरी पालनका लागि सहज भएको छ । पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, भावेशले हालसम्म आधुनिक घार प्रयोग गर्दै आएका छन् । घरमै अर्धानीक आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको भावेशले बताए ।

अहिले सरकारी अनुदान लिनेको कमी छैन । भावेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिएका छैनन्। आफ्नै बलबुतामा मौरीसँग रमाइरहेका छन् । ‘नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ’, भावेशलेभने, ‘अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप विस्तार गर्ने योजना छ । तर हामी जस्ता युवाहरुलाइ सरोकार बालाले थप हैसला दिनु प्रर्ने उन बताए ।

मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोलेको भावेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताए। भावेश बताउन्छन् हामीले ने हाम्रो समाज बनाउने हो हामीले नै हाम्रो देश बनाउने हो हरेक नेपालीले आ आप्mनो काम इमान्दार भएर काम गरेमा पक्कै पनि हाम्रो समाज परिवतन हुन्छ बताए । अरुको देशमा दोस्रो दर्जा नागरीक भएर काम गर्नु भन्दा त आप्mनै देशमा सानो भए पनि छाती फूलाएर काम गर्न पाएको बताए आफूले करिब ६ लाख देखी ७ लाख सम्मको वार्षक आम्दानी हुने गरेको बताए घर प।िवार चलाएको छु । अहिले आफू संगै एक जनालाइ पनि रोजगार दिएकको बताए । उनी बताउन्छन् ।

 

Open photo

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap