मोरङको लेटाङमा भएको घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७८ मा प्रकाशित     
मोरङको लेटाङमा भएको घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

चैत्र ९ बुधबार प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय अन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो ।

उक्त समितिले घटनाको छानबिन गरेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउने प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण विसीले जानकारी दिए ।

आइतवार मोरङको लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविमा स्थानीय र प्रहरीबीच झडप हुँदा एक प्रहरी जवानको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।

विद्यालयका ५६ वर्षीय शिक्षकले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई होलि खेल्ने क्रममा यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सो क्रममा भएको झडपले उग्र रुप लिँदा प्रहरी जवान उर्मीला श्रेष्ठको ज्यान गएको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap