धनगढी, २९ भाद्र । कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । अत्तरियाको महेन्द्रनगर रोडमा भएको दुर्घटनामा गोदावरी नगरपालिका – ३ का ३१ बर्षीय राजेन्द्र बिक र धनगढी उपमहानगरपालिका – २ का २७ बर्षीय जिवन खत्री घाइते भएका हुन ।
खत्रीले चलाएको से २ प ८०८५ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आइरहेको बिकले चलाएको से ६ प ९२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाइेत भएका बिकको टाउको र दाइने आँखामा चोट लागेको छ भने खत्रीको दाईने आखाँ र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरुको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।