मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा

यो कथा हो, पवित्र प्रेमको । यो कथा हो, प्रेमका खातिर देश र धर्म बदल्नेको । यो कथा हो, प्रेमका लागि सरकारसँग लड्ने जोडीको । सन् १९४७ । रावलपिंडीका पठान खानादनका इस्मत त्यसबेला १५ बर्षकी थिइन् । र, अमृतसरका लालाजीको परिवारका जीतू १७ बर्षका । दुबै परिवारले पछिल्लो बर्ष श्रीनगरमा छुटी मनाउने क्रममा उनीहरुको केही पटक भेट भएको थियो । यही भेटपछि इस्मत र जीतूको मित्रता भएको थियो । पछि उनीहरुको मित्रता प्रेममा बद्लिएको थियो ।

तर, भारत–पाकिस्तानको विभाजनपछि उनीहरुको प्रेममा पनि आँधी ल्याइदियो । इस्मतलाई लागेको थियो, अब जीतूलाई पाउनु असंभव छ ।प्रेममा चुर्लुम्ब डुबेकी इस्मत घरबाट भागेर हिन्दुको शरणार्थी शिविरमा पुगिन् । उनले भनिन्, ‘म एक हिन्दु युवती हुँ । म मेरा आमाबुवाबाट अलग भएको छु । के तपाईंहरु कृपा गरेर मलाई भारत पठाउनुहुन्छ ?’ विभाजनपछि महिना दिनमा दुबै देशका हजारौं महिलाको अपहरण भएको थियो । धेरैलाई आफ्नो इच्छा विपरित नै धर्म परिवर्तन गर्न र विवाह गर्न बाध्य बनाइयो । यही कारण भारत र पाकिस्तानका सरकारले अपहरण गरिएका महिलालाई खोज्न र उनीहरुलाई परिवारमा पठाउने अभियान सुरु गरे ।

समाजवेवी कमला पटेल भारत र पाकिस्तानका शरणार्थी शिविरमा यस्तै महिलाहरुलाई अदल–बदल गर्ने नाइके थिइन् । इस्मत उनीकहाँ गइन् । विभाजन लगत्तै पञ्जाबका हिन्दु र मुश्लिमहरुको लुगा अनि बोली उस्तै थियो । उनले इस्मतको कुरा पत्याइन् र उनलाई बाँकी शरणार्थीको साथमा रावलपिंडीबाट अमृतसर पठाइदिए । अमृतससरमा इस्मतले जीतुको घर पत्ता लगाएर खबर पठाइन् । जीतू शिविरमा पुगे । जीतूको आमाबुवाको सहमतिमा एक नाबालिग भएपनि उनीहरुको विवाह गराइदिए, अमृतसरको स्वर्ण मन्दिरमा ।

तर, सीमाना पार गरेको यो प्रेम–कथामा एक कठिन मोड आयो । इस्मतको परिवारले भने कि उनीहरुको छोरी अपहरण भयो । पाकिस्तान सरकारसँग उसलाई खोजेर फिर्ता ल्याइदिन अपिल गरियो । अपहरित महिलालाई आ–आफ्नो मुलुकमा फिर्ता लाने जुन अभियान चलाइएको थियो, त्यही अभियान इस्मत र जीतूको प्रेममा तगारो बनिदियो । इस्मतलाई उनीहरुले फेला पारे । अब उनलाई पाकिस्तान जानैपर्ने थियो ।

अत्तालिएका जीतू कमला पटेलकहाँ पुगे र भने, ‘यो अपहरणको घटना होइन । इस्मत मसँग प्रेम गर्छिन् र उनी आफ्नो मर्जीले मकहाँ आएकी हुन् । तपाईंले मेरो सहयोग गर्नुपर्छ ।’ एक नाबलिग किशोरीको आमाबुवा आफ्नी छोरी अपहरित भएको छैन भन्न तयार थिएनन् । कमला पटेल इस्मत वा उनी जस्तै युवतीलाई जबरजस्ती फिर्ता पठाउन राजी थिइनन् । जबकि यसले दुबै देशवीचले सञ्चालन गरिरहेको ‘अपहरितलाई फिर्ता गर्ने’ अभियान प्रभावित हुन सक्थ्यो ।

अन्ततः यी प्रेम जोडीको मुद्दा संविधान सभासम्म पुग्यो । महिलाहरुले यसको विरोध गरे । प्रहरीबाट बच्न इस्मत र जीतु अमृतसरबाट भागेर कोलकाता पुगे । कमला पटेलको समूहमाथि दबाव बढ्दै गयो । पुस्तक ‘टार्न फ्रोम द रुट्सः अ पार्टिशन मेमायर’ मा कमला पटेलले यस प्रसंगमा बोलेकी छिन् । पुस्तक लेखक रितु मेनन भन्छिन्, ‘कमला पटेलले अपहरण गरिएका महिलाहरुलाई शरणार्थी शिविरमा ल्याए र पछि भाग्न मद्दत गरे ताकि उनीहरु अपहरण गरिएको परिवारमा फर्कन सकुन् ।’

त्यो कस्तो क्षण थियो भने, महिलाहरु के चाहन्छन् ? उनीहरुको भावना बुझ्न जरुरी थियो । सम्बन्धहरु अहसज परिस्थितीबाट गुज्रिरहेको थियो । कहिले काहीँ उनीहरुलाई तोड्नु भन्दा जोड्नु उपयुक्त हुन्थ्यो । इस्मत र जीतुको घटना पनि यस्तै थियो । तर, सरकारी नियमले यो मर्म बुझ्न सक्दैनथ्यो ।

अन्त्यमा इस्मत र जितूको सन्दर्भमा यस्तो अफवाह चलायो कि,  पाकिस्तान सरकारले यो मुद्दा बन्द ग¥यो ।  अन्ततः यसलाई सत्य मानेर इस्मत र जीतू अमृतसर फिर्ता आए । अनि कमला पटेलले इस्मतलाई एक हप्ताका लागि लाहौर जानका लागि फकाए । त्यहाँका प्रहरी अधिकारीसँग बसेर आफ्ना आमाबुवासँग भेट्नु र अन्तिम निर्णय सुन्नु । कमला पटेलका लागि आफ्नो मन विरुद्ध यी सबै गर्नु सजिलो थिएन ।

उनीमाथि एकदमै ठूलो दबाब थियो । मान्छेको जिन्दगीको फैसला गर्ने दबाव । पाँच बर्षसम्म यस अपरेशनका लागि शरणार्थी शिविरमा रहँदा उनले राम्ररी खानपान गर्न समेत पाएनन् । यस क्रममा ३० हजार महिलालाई खोजेर उनीहरुको परिवारकहाँ जिम्मा लगाइयो । यसमा इस्मत र जीतु जस्ता सैयौं घटना थियो, जसको कुनै आधिकारिक तथ्यांक थिएन । कमला पटेल जस्ता समाजसेवीको किताबमा यसको लेखाजोखा गरिएको छ । उनको पुस्तक अनुसार जीतूलेर इस्मतलाई लाहौरमा छाडेर अमृतसर आए । र, दिन गन्न थाले ।

तर, चौथो दिनमा कमलालाई थाहा भयो कि इस्मतका बुवा आमाले उनलाई आफ्नो घर लिएर गए । कमला तुरुन्तै त्यहाँ पुगे, उनीहरुलाई भेटन् । तर, उनले एक अप्रत्यासित कुरा सामना गर्नुप¥यो ।  त्यहाँ इस्मतको पहिरन र हाउभाउ समेत बद्लिएको थियो । इस्मतले औला उठाएर भनिन्, ‘यही महिलाले मलाई पाकिस्तान आउन दिएनन् । मैले पटक पटक आग्रह गर्दा पनि आउन दिएनन् ।’

जीतूको नाम सुन्नसाथ उनी थप भड्किइन् । र, यसो भनिन्, ‘त्यो लफङ्गाको नाम सुन्न चाहन्न । त्यसलाई टुक्रा टुक्रा गरेर कुकुरलाई त्यसको मासु ख्वाउँछु ।’ जीतूसम्म यो खबर पु¥याइयो । तब उनी हतार हतार लाहौर आए । उनले भने, ‘इस्मतलाई बुवाआमाले त्यसो भन्ने दबाव दिएका होलान् तर म भएको भए त्यसो भन्ने थिइन ।’ तब त्यहाँबाट इस्मतको परिवार वेपत्ता भइसकेका थिए ।

लाहौरमा ज्यानलाई बाजी राखेर जीतूले इस्मतलाई खोज्ने प्रयास गरे । कमला पटेलले उनलाई सम्झाउने धेरै प्रयास गरे । विभाजनपछिको हिंसा थामिएको थिएन । जीतूले भने, ‘म बर्बाद भइसकें । अब मर्नु पनि डर छैन ।’ यस क्रममा उनले धेरै खर्च गरे । उनलाई क्षयरोग पनि भयो ।

पाँच बर्षपछि जब कमला पटेलले उनलाई देखे, तब उनी एकदमै कमजोर भइसकेका थिए । अनुहार पहेंलो भइसकेको थियो । ऊ एक्लो थियो ।

बिबिसीबाट   

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap