मुश्किल छ फूल बेचेर गुजारा चलाउन,


लेखक : सुन्दराञ्चल      जेष्ठ ४, २०८० मा प्रकाशित     
मुश्किल छ फूल बेचेर गुजारा चलाउन,

जेठ ४ भक्तपुर इनाचोकी ७९ वर्षीय मोतीमाया बनमालालाई हिजोजस्तै लाग्छ, बुबाआमासँग खेतमा जाँदा फूल टिपेर ल्याएर घरघरमा दिएको । त्यसबेला दत्तात्रय, गोलमढी, टौमढीलगायत स्थानमा पुगेर पाँच वर्षकै उमेरदेखि फूल बेच्न जान्थिन् उनी ।

फूलबापत कसैले चामल दिन्थे त कसैले पैसा । ‘पैसा पाएको दिन त हाम्रो भुईंमा खुट्टै हुँदैन्थ्यो,’ फूलसँग चामल साट्न त्यसबेलाको चलनबारे उनी सुनाउँछिन् ।भक्तपुरका नेवारभित्रका बनमाला समुदायको पुर्ख्यौली पेशा हो फूल बेच्ने । यसैबाट उनीहरुको घरव्यवहार चल्छ । तर आजभोलि यो फूल व्यवसायमा अन्य समुदायको प्रवेशपछि प्रतिस्पर्धा बढ्दा उनीहरुको रोजीरोटीमा भने समस्या देखिन थालेको छ ।

मोतीमाया हिजोआज वृद्ध उमेरमा पनि डोकोभरि फूल लिएर बजारमा बेच्न जान्छिन् । तर अहिले समय फेरिएको छ, फूल पाउनै सकस पर्छ ।

‘हामी आफ्नो खेतको र साथीहरुसँग मिलेर नगरकोट, नाला, सूर्यविनायकको जंगलसम्म पुगेर फूल टिप्न जान्थ्यौं । पहिला फूल आफूहरुले मात्र बेच्ने भएर होला फूल टिप्न कसैले रोकटोक गर्दैनथे,’ उनी भन्छिन्, ‘अहिले त कहिलेकाहीं चाहिएको बेला लिन गए पनि दिंदैनन् ।’

अहिले पनि बुढापाकाले उनीसँग नै फूल लिने गर्छन् । भोजभतेरको लागि फूल चाहेमा केही दिन पहिलेदेखि अर्डर लिने उनी बताउँछिन् ।

‘तर बजारमा पाइने रंगीचंगी फूलमा मान्छे लोभिएका छन्, हामीले सस्तोमा दिए पनि लान खोज्दैनन्,’ उनी दुःखेसो पोख्छिन् । पहिले पहिले फूल बेचेको पैसा बचाएर सुनको टप पनि किनेकी थिइन् उनले । तर अहिले फूल मात्रै बेचेर घर चलाउन नसकिने अवस्था आएको उनी सुनाउँछिन् ।

‘पहिलका मानिस दानपुण्यमा धेरै विश्वास गर्थे । सक्नेले आफूसँग भएको खानेकुरा वा सरसामान दान दिन्छन् भने नसक्नेले फूल भए पनि दान दिने गर्थे,’ उनी भन्छिन्, अहिले त्यस्तो अवस्था रहेन ।’

मोतीमायाको जस्तै दैनिकी छ तीर्थमाया बनमालाको । उनी अहिले भक्तपुरको साकोथामा बसेर फूल बेच्ने गर्छिन् । उनले पहिला आफूहरुले मात्र फूल बेच्ने तर अहिले सबैले फूल बेच्न थालेपछि व्यापारमा कमी आएको उनी सुनाउँछिन् ।

तीर्थमाया बनमाला

अहिले नगरपालिकाले दत्तात्रय र टौमढीमा फुटपाथमा पसल राख्न बन्देज गरेपछि उनी साकोठामा फूल बेच्न बसेकी छन् । तर फूल बेचेर मात्रै उनको गुजारा चल्न मुश्किल भएको छ ।

‘पहिलो बनमालाहरुले मात्रै फूल बेच्थे, अहिले सबैले बेच्न थालेपछि हाम्रो पेशा अप्ठ्यारोमा परेको छ,’ उनी भन्छिन् ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap