मिसावटको आशंकापछि जापानले १६ लाख डोज कोभिड खोप रद्द गरायो


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
मिसावटको आशंकापछि जापानले १६ लाख डोज कोभिड खोप रद्द गरायो

बीबीसी । जापानले मिसावट भएको हुन सक्ने आशंकापछि १६ लाखभन्दा धेरै कोभिडविरुद्धको मोडेर्ना खोपको डोज रद्द गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ लाख ६० हजार डोज खोपमा ‘अपरिचित वस्तु’ फेला परेपछि मिसावट भएको हुन सक्ने अनुमान गरिएको हो ।

जापानमा खोप विक्री तथा वितरण गर्ने तकेदा फार्माक्युटिकलले सावधानी अपनाउन भनेर मोडेर्ना कम्पनीले नै तीन ब्याज खोपका डोज होल्डमा राख्न लगाएको थियो । स्पेनको ‘म्यानुफ्याक्चरिङ कन्ट्राक्ट साइट’ को मुद्दाका कारण त्यसो गरिएको बताइएको छ तर कम्पनीले थप विस्तृतमा जानकारी दिएको छैन ।

मोडेर्नाले घटनाको स्पष्टिकरण दिँदै भन्यो, “आजसम्म सुरक्षा र प्रभावकारीता सम्बन्धी कुनै समस्या देखा परेको छैन । तरपनि आफूहरुले निरीक्षक र तकेदा कम्पनीसँग सहकार्य गरि घटनाको अनुसन्धान गर्नेछौं ।”

यता, तकेदा कम्पनीले भने आपतकालीन परीक्षण सञ्चालन गरिसकेपछि अपरिचित वस्तुबारे कुनै थप जानकारी नभएको बताएको छ । जापान टाइम्स दैनिकका अनुसार देशभरका अन्य सातवटा खोप केन्द्रबाट यस्तै मिसावटका रिपोर्ट आएका छन् जसमा ३९० डोज प्रभावित भएको पत्ता लागेको छ ।

यसमा स्वास्थ्य मन्त्रालयले प्रभावित खोपको ब्याच नम्बर पनि सार्वजानिक गरेको छ ताकी कसैलाई आफ्नो खोप सम्भावित मिसावट भएको शंका भएमा जाँच गर्न सकिनेछ । जापानमा पछिल्लो समय संक्रमण बढिरहेको छ । र, बुधबार मात्र थप आठ प्रान्तहरुमा आपतकालीन लागु गरिएको छ ।

जापानले फाइजर र एस्ट्राजेनेका खोप पहिले नै प्रयोगका लागि स्वीकृत गराएको थियो । र, मोडेर्ना खोप गत मे महिनादेखि मात्र प्रयोग गर्न थालेको हो । हालसम्म जापानका ४० प्रतिशत जनताले मात्र पूरा डोज खोप लगाएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap